भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै

नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै

मुख्य बुँदा

रमाइलोडाँडा–रुम्जाटार सडक नौ वर्षपछि पुनः कालोपत्र हुने।

रमाइलोडाँडादेखि सानीटारसम्म ६.५ किलोमिटर सडकका लागि बोलपत्र आह्वान।

करिब ३० करोड रुपैयाँ लागतमा काम हुने।

४० एमएम मोटाइको अस्फाल्ट कङ्क्रिट कालोपत्र गरिने।

ड्रेन, ग्याबिन वाल, मेसिनरी वाल र कल्भर्टलगायत संरचना निर्माण गरिने।

एक महिनाभित्र बोलपत्र टुंग्याएर दुई वर्षभित्र काम सक्ने लक्ष्य।

सानीटारदेखि रुम्जाटारसम्मको ४.१ किलोमिटरमा तत्काल काम नहुने।

२०७४ मा गरिएको कालोपत्र नौ महिनामै उप्किन थालेको थियो।

जीर्ण सडकका कारण स्थानीयले लामो समयदेखि सास्ती खेप्दै आएका थिए।

ओखलढुङ्गा, २७ साउन । रमाइलोडाँडा–रुम्जाटार सडक नौ वर्षपछि पुनः कालोपत्र गरिने भएको छ । कोशी प्रदेश सरकारमातहतको पूर्वाधार विकास कार्यालयले सदरमुकामस्थित रमाइलोडाँडादेखि सानीटारसम्मको ६।५ किलोमिटर सडक स्तरोन्नतिका लागि औपचारिक रूपमा बोलपत्र आह्वान गरेको छ ।

कार्यालयले एक महिनाभित्र बोलपत्र टुङ्ग्याएर दुई वर्षभित्र कालोपत्रको काम सक्नेगरी तयारी गरिरहेको जनाएको छ । “हामीले पूरै नयाँ काम गर्नेगरी बोलपत्र आह्वान गरेका छौँ”, पूर्वाधार विकास कार्यालयका प्रमुख सुरेशप्रसाद साहले भने, “अहिले रु ३० करोड बजेटमा ४० एमएम थीक रहने अस्फाल्ड कङ्क्रिट कालोपत्र गर्ने हाम्रो तयारी हो ।”

कार्यालयका अनुसार पहिलो चरणमा डिजाइन गरिएको रमाइलोडाँडा सानीटार भागमा रहेको पुरानो जीर्ण कालोपत्र उप्काएर अस्फाल्ड प्रविधिबाट कालोपत्र गरिनुको साथै ड्रेन, मेसिनरी वाल, ग्याबिन वाल, लङ वाल, कल्भर्टलगायतका संरचना पनि निर्माण गरिनेछ । सानीटारदेखि रुम्जाटारसम्मको बाँकी ४।१ किलोमिटर क्षेत्रका लागि भने अहिले तत्काल काम हुनेछैन ।

यसअघि २०७४ सालमा एसियाली विकास बैंक र स्वीस सरकारको रु २० करोड ६८ लाख अनुदान सहयोगमा आपत्कालीन भूकम्पीय सहयोग परियोजनाअन्तर्गत ओखलढुङ्गा रुम्जाटार सडकमा डिबीएसटी कालोपत्र गरिएको थियो । करिव ११।१ किलोमिटर सडकमा गरिएको कालोपत्र नौ महिनामै उप्किन थालेको थियो ।

तत्कालीन समयको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई ओखलढुङ्गामार्फत ठेक्का लागेर सडकमा बिछ्याइएको कालोपत्र कमसल र गुणस्तरहीन भएको जनाउँदै जनगुनासोसमेत आएको थियो ।

पछिल्लो समयमा समेत ठूलाठूला खाल्डा, हिलो र पानी जम्ने आहालले बेहाल सडकका कारण स्थानीय नागरिकले सास्ती खेप्दै आएका थिए । कालोपत्र आयोजना सञ्चालन गर्ने कार्यालय जिल्लाबाट खारेज भएपछि सडकको मर्मतसमेत हुनसकेको थिएन ।

रुम्जाटारमा ओखलढुङ्गाको जिल्ला अस्पताल तथा रुम्जाटार विमानस्थलसमेत छ । सो क्षेत्र जिल्लाको पर्यटकीय क्षेत्र हो । लामो समयसम्म जीर्ण बनेको ओखलढुङ्गा रुम्जाटार सडकमा नयाँ बजेट व्यवस्थापनसहित प्रदेश सरकारले फेरि कालोपत्रको प्रक्रिया अघि बढाएपछि जिल्लाका बासिन्दामा सहज यात्राको आशा पलाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.