भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना

पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना

काठमाडौं, २८ साउन। नेपाल पत्रकार महासङ्घले जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा जिल्ला प्रहरी परिसर काठमाडौं अगाडि धर्ना दिएको छ।

श्रेष्ठलाई तत्काल रिहा गर्न माग गर्दै महासङ्घको नेतृत्वमा पत्रकारहरूले बिहीबार काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएका हुन्।

प्रहरीले पत्रकार श्रेष्ठलाई बुधबार राति ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेको छ।

समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गरिएको भन्दै नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ। महासङ्घले सम्पादकलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ।

समाचारमा चित्त नबुझे कानुनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न महासङ्घले सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

पत्रकारलाई नै पक्राउ गरी हिरासतमा राख्ने कार्य स्वीकार्य नहुने भन्दै महासङ्घले श्रेष्ठको तत्काल रिहाइको माग गरेको छ।

महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि पत्रकारिता क्षेत्रमाथि हुने कुनै पनि किसिमको हस्तक्षेपको विरोध गर्ने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.