भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना

पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना

काठमाडौं, २८ साउन। नेपाल पत्रकार महासङ्घले जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा जिल्ला प्रहरी परिसर काठमाडौं अगाडि धर्ना दिएको छ।

श्रेष्ठलाई तत्काल रिहा गर्न माग गर्दै महासङ्घको नेतृत्वमा पत्रकारहरूले बिहीबार काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएका हुन्।

प्रहरीले पत्रकार श्रेष्ठलाई बुधबार राति ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेको छ।

समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गरिएको भन्दै नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ। महासङ्घले सम्पादकलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ।

समाचारमा चित्त नबुझे कानुनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न महासङ्घले सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

पत्रकारलाई नै पक्राउ गरी हिरासतमा राख्ने कार्य स्वीकार्य नहुने भन्दै महासङ्घले श्रेष्ठको तत्काल रिहाइको माग गरेको छ।

महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि पत्रकारिता क्षेत्रमाथि हुने कुनै पनि किसिमको हस्तक्षेपको विरोध गर्ने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.