भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’

बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’

काठमाडौं, २८ साउन। नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानुनी उल्झनबाट आफू विचलित नहुने बताएका छन्।

पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका देउवाले आफ्नो निवास चुनदेवीमा पुगेर कार्यकर्तालाई सम्बोधन गर्दै आफ्नो ५० वर्ष लामो राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको दाबी गरे। आफूविरुद्ध भएका विभिन्न उजुरीमा अदालत जान आफू नडराउने बताउँदै देउवाले कानुनी प्रक्रियाको सामना गर्न आफू तयार रहेको बताए।

उनले मुलुकमा गणतन्त्र आफूले चाहेर मात्र नभई जनताले चुनेको संविधानसभाले ल्याएको बताए। लोकतन्त्र र गणतन्त्रलाई कसैले पनि उल्ट्याउन नसक्ने उनको दाबी थियो। गणतन्त्र र लोकतन्त्रको विषयमा बोल्दै देउवाले बालेन शाहप्रति लक्षित गर्दै प्रश्न गरे, ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’

देउवाले गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी नेपाली जनतामै रहेको बताए। उनले गणतन्त्र आफूले चाहेर आउने वा जाने व्यवस्था नभएको स्पष्ट पारे। ‘मैले चाहेर आउने र मैले चाहेर जाने कुरा होइन। यो देशको सबैभन्दा ठूलो कुरा हो। यो देशको जनता नेपालको मालिक हो। यो मालिकले जे भन्छ त्यही हुन्छ,’ देउवाले भने।

उनले जनताले आफ्नो अधिकार प्रयोग गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि उल्ट्याउन नसक्ने दाबी गरे। देउवाले आफू लामो समयदेखि राजनीतिमा सक्रिय रहेको स्मरण गर्दै राजनीतिक जीवनमा विभिन्न उतारचढाव आए पनि आफू विचलित नभएको बताए। आफूविरुद्ध लगाइएका आरोप र उजुरीको कानुनी रूपमा सामना गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

देउवाको पछिल्लो अभिव्यक्तिलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहप्रति लक्षित राजनीतिक टिप्पणीका रूपमा हेरिएको छ। पछिल्लो समय गणतन्त्र, राजनीतिक नेतृत्व र शासन व्यवस्थालाई लिएर विभिन्न पक्षबीच बहस तथा आलोचना तीव्र भइरहेका बेला देउवाको यस्तो धारणा आएको हो।

 


Thali Mobile Pvt.Ltd.