भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’

बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’

काठमाडौं, २८ साउन। नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानुनी उल्झनबाट आफू विचलित नहुने बताएका छन्।

पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका देउवाले आफ्नो निवास चुनदेवीमा पुगेर कार्यकर्तालाई सम्बोधन गर्दै आफ्नो ५० वर्ष लामो राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको दाबी गरे। आफूविरुद्ध भएका विभिन्न उजुरीमा अदालत जान आफू नडराउने बताउँदै देउवाले कानुनी प्रक्रियाको सामना गर्न आफू तयार रहेको बताए।

उनले मुलुकमा गणतन्त्र आफूले चाहेर मात्र नभई जनताले चुनेको संविधानसभाले ल्याएको बताए। लोकतन्त्र र गणतन्त्रलाई कसैले पनि उल्ट्याउन नसक्ने उनको दाबी थियो। गणतन्त्र र लोकतन्त्रको विषयमा बोल्दै देउवाले बालेन शाहप्रति लक्षित गर्दै प्रश्न गरे, ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’

देउवाले गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी नेपाली जनतामै रहेको बताए। उनले गणतन्त्र आफूले चाहेर आउने वा जाने व्यवस्था नभएको स्पष्ट पारे। ‘मैले चाहेर आउने र मैले चाहेर जाने कुरा होइन। यो देशको सबैभन्दा ठूलो कुरा हो। यो देशको जनता नेपालको मालिक हो। यो मालिकले जे भन्छ त्यही हुन्छ,’ देउवाले भने।

उनले जनताले आफ्नो अधिकार प्रयोग गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि उल्ट्याउन नसक्ने दाबी गरे। देउवाले आफू लामो समयदेखि राजनीतिमा सक्रिय रहेको स्मरण गर्दै राजनीतिक जीवनमा विभिन्न उतारचढाव आए पनि आफू विचलित नभएको बताए। आफूविरुद्ध लगाइएका आरोप र उजुरीको कानुनी रूपमा सामना गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

देउवाको पछिल्लो अभिव्यक्तिलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहप्रति लक्षित राजनीतिक टिप्पणीका रूपमा हेरिएको छ। पछिल्लो समय गणतन्त्र, राजनीतिक नेतृत्व र शासन व्यवस्थालाई लिएर विभिन्न पक्षबीच बहस तथा आलोचना तीव्र भइरहेका बेला देउवाको यस्तो धारणा आएको हो।

 


Thali Mobile Pvt.Ltd.