दुतावास घेराउले ‘त्रसीयो अमेरिका’

दुतावास घेराउले ‘त्रसीयो अमेरिका’ image

काठमाडौं । एमसीसीको विरोधमा दशौं हजार जनताले नेपाल स्थित अमेरिकी दुतावासमामा धर्ना दिदा अमेरिका त्रसीत बनेको छ । नेपाल मजदुर किसान पार्टीको आयोजनामा मंगलबार राजधानीमा भएको अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोध प्रदर्शनमा सहभागी जनसागरले रत्नपार्कबाट विरोध जुलुस सुरु गरेर महाराजगञ्जस्थित अमेरिकी दुतावासअघि पुगेर धर्नामा परिणत गरेका थिए।

एमसीसीको चर्को विरोध गर्दै सहभागीले गगनभेदी नारा लगाएका थिए । एमसीसीको नाममा अमेरिकाले नेपाललाई सैन्ये क्रिडाभूमि बनाउन खोजेको भन्दै उनीहरुले एमसीसी संसदबाट पारित गर्न नहुने बताए ।

विरोध पत्र

विरोध प्रदर्शनकै वावजुत नेमकिपाका सांसद प्रेम सुवालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अमेरिकी दुतावासका प्रतिनिधिलाई विरोध पत्र बुझायो। विरोध पत्र बुभ्mदा अमेरिकी प्रतिनिधिमण्डल त्रसीत बनेको थियो ।

पत्रको पूर्ण पाठ यस्तो छ ।

महामहिम राष्ट्रपति डोनाल्ड ट्रम्पज्यू,

संयुक्त राज्य अमेरिकी सरकार,

वासिङ्टन, संयुक्त राज्य अमेरिका ।

मार्फत्,

महामहिम राजदूत,

संरा अमेरिकी राजदुतावास

महाराजगञ्ज, काठमाडौं, नेपाल ।

महामहिमज्यू,

नेपाल मजदुर किसान पार्टीका हामी नेता–कार्यकर्ता तथा समाजको विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने नागरिकहरू राजधानी सहरमा आज अपरान्ह विरोध ¥यालीपश्चात् संरा अमेरिकी राजदुतावास अगाडि भेला भएका छौं । संरा अमेरिकाको सहस्राब्दी चुनौती परियोजना (एमसीसी) र नेपाल सरकारबीच भएको सम्झौता यस क्षेत्रको शान्ति र विकासअनुकूल नभएकोले उक्त सम्झौताको विरोध एवम् भत्र्सना गर्दै महामहिम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा लेखिएको विरोध–पत्र महामहिमसमक्ष हस्तान्तरण गर्न हामी यहां भेला भएका हौं ।

विगत पांच महिना यतादेखि एमसीसी सम्झौताको खारेजीको माग गर्दै संरा अमेरिकाको हिन्द–प्रशान्त रणनीतिविरुद्ध नेपाली जनता निरन्तर आवाज उठाउंदै छन् ।यो सम्झौता नेपा लको राष्ट्रिय स्वार्थविपरीत छ । यसले देशको सार्वभौमिकता तथा राष्ट्रिय स्वतन्त्रतामाथि आंच पु¥याउने छ । नेपाली जनता यो सम्झौतालाई अस्वीकार गर्दछन् । नेपाल र नेपाली जनताले अन्तर्राष्ट्रिय क्षेत्रमा असङ्लग्नताको नीति अवलम्बन गर्दै आएको जगजाहेर छ ।

सारा विश्वलाई अवगत छ कि नेपालले कुनैपनि सैनिक गठबन्धनमा कहिल्यै सहभागिता जनाएन र जनाउने चाहनासमेत कहिल्यै देखाएन । एमसीसी संरा अमेरिकाको हिन्द–प्रशान्त रणनीतिअन्तर्गतको सैनिक परियोजना पनि हो । नेपाल र नेपाली जनता सर्तसहितको सहायतामा विश्वास गर्दैनन् । कुनैपनि आवरणमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नेपाललाई स्वीकार्य छैन ।

कुनै शक्ति राष्ट्रले नेपाली भूमिलाई ‘स्प्रिड्ड बोर्ड’ बनाउन खोजेको नेपालीलाई स्वीकार्य हुने छैन । संसारका विभिन्न भागमा तैनाथ संरा अमेरिकी सैन्य अखडानै विश्व शान्तिको निम्ति ठूलो खतरा हो भन्नेबारे विश्वकै न्यायपे्रमी जनता प्रस्ट छन् । नेपाली जनता यस क्षेत्रमा अमेरिकी सैन्य अखडा निर्माण होस् भन्ने पक्षमा छैनन् । एमसीसी तथा सैन्य रणनीतिअन्तर्गतको अनुदानमा लुकेको संरा अमेरिकी नेतृत्वको सैन्य गठवन्धनको हामी स्पष्ट शब्दमा विरोध गर्दछौं ।

देशको सार्वभौमिकता एवम् स्वतन्त्रताको रक्षा गर्न हामी नेपाली जनता हरदम सङ्घर्षरत रहने छौं, जुन इतिहासमा लामो समयदेखि गर्दै आइरहेका छौं । हामी पुनः जोडका साथ भन्छौं कि नेपाली जनता साम्राज्यवादी अत्याचार, दमन या युद्धमा होइन देशभित्र शान्ति, एसियामा शान्ति तथा विश्व शान्तिप्रति दृढ छन् । एसियामा ध्वंश मच्चाउने या युद्ध भड्काउने अथवा हतियार व्यापारमार्फत विश्व शान्तिमा खलल पु¥याउने कुनैपनि प्रस्ताव हाम्रो निम्ति स्वीकार्य छैन ।

राष्ट्रिय स्वतन्त्रता, सम्प्रभुताको रक्षा, शान्ति तथा समृद्धिको पक्षमा निरन्तर सङ्घर्षरत नेपाली जनताको भावनासंग एमसीसी सम्झौता पटक्कै मेल खांदैन । नेपाली जनता सह–अस्तित्व, आपसी सहयोगमा विश्वास गर्दछन् । हामी त्यस्तो मित्रवत् सम्बन्धको पक्षमा छौं जुन आपसी लाभ, समानता र आपसी सम्मानको बलियो जगमा आधारित होस् ।

तसर्थ, नेपाल सरकारसंगको एमसीसी सम्झौता खारेज गर्न र नेपालको सम्प्रभुत्ताको यथोचित सम्मान गर्न संरा अमेरिकी सरकारलाई आह्वान गर्दछौं । यो कदम दुबै देशको निम्ति हितकर हुनेछ । यो बुद्धिमानीपूर्ण पाइलाले मात्र लामो समयदेखि कायम रहंदै आएको नेपाल र संरा अमेरिकाबीचको सम्बन्ध तथा नेपाली जनता र संरा अमेरिकी जनताबीचको सम्बन्धलाई सुमधुर बनाउने छ ।

नेपाली जनताको सशक्त आवाजका साथ,

प्रेम सुवाल

सचिव, नेमकिपा

सदस्य, सङ्घीय संसद्

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.