काठमाडाैं । देशभरका चार हजार आठ सय ५२ शिक्षक दरबन्दी तथा राहत अनुदान कोटा फेरवदल हुने भएकाे छ । कतै शिक्षकको अभाव र कतै आवश्यकताभन्दा बढी शिक्षक भएपछि सरकारले दरबन्दी तथा अनुदान कोटा अन्य जिल्लाका स्थानीय तहमा हस्तान्तरण गर्न लागेको हो । सम्बन्धित स्थानीय तहमा मात्र होइन, फरक जिल्लाका स्थानीय तहमा समेत दरबन्दी तथा राहत कोटा हस्तान्तरण हुनलागेकाे शिक्षा मन्त्रालयले जनाएको छ ।
१४ जिल्लाका तीन हजार तीन सय ५९ शिक्षक दरबन्दी तथा राहत अन्य जिल्लाका स्थानीय तहमा हस्तान्तरण हुदैछ । १५ जिल्लाभित्र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा एक हजार चार सय ९३ दरबन्दी तथा राहत कोटा मिलान हुने शिक्षामन्त्री गिरीराजमणि पोखरेलले बताएका छन् । शिक्षकको अन्तरप्रदेशसमेत मिलान हुने भन्दै एक सय पाँच दरबन्दी तथा राहत अनुदान कोटा एक प्रदेशबाट अर्को प्रदेशको स्थानीय तहमा हस्तान्तरण हुने मन्त्री पोखरेलकाे भनाइ छ ।
दरबन्दी मिलानसम्बन्धी सुझाब पेस गर्न सरकारले पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा कार्यदल समेत बनाएको थियो । कार्यदलले २९ भदौ ०७५ मा प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनलाई शिक्षा मन्त्रालयले कार्यान्वयन गर्न लागेको हो । अहिले देशभर प्राथमिक तहको शिक्षक दरबन्दी ८० हजार एक सय ७६ छ । निम्न माध्यमिकतर्फको दरबन्दी १६ हजार दुई सय ४४, मावितर्फको दरबन्दी १२ हजार सात सय २५ छ ।
साबिकको उच्च माध्यमिकतर्फको दरबन्दी दुई हजार छ ।प्राथमिकतर्फको राहत अनुदान कोटा २१ हजार आठ सय ७१, निम्न मावितर्फ राहत अनुदान कोटा नौ हजार ६ सय नौ, माध्यमिकतर्फ राहत अनुदान कोटा ६ हजार आठ सय ९८ र साबिकको उच्च मावितर्फ राहत अनुदान कोटा चार हजारभित्रै रहेर स्थानीय तहमा तहगत रूपमा शिक्षक दरबन्दी तथा राहत अनुदान कोटाको बाँडफाँड तथा पुनर्वितरण गर्न लागिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, ६ जेठ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नियमावली, २०७९ को...
काठमाडौं, ३ जेठ । सगरमाथा संवाद २०२५ को दोस्रो दिन आज (शनिबार) काठमाडौंमा जलवायु परिवर्तन र दिगो विकासका मुद्दाहरूमा केन्द्रित ९ वटा छलफल सत्र सञ्चालन हुँदैछन्। बिहान ९:०० बजेदेखि...
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...