काठमाडौं । नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो ।
मंगलबार भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १७औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । नेपालले २-१ को जितसँगै स्वर्ण जितेको छ ।
