भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

दैलेखमा समुदायस्तरमा फैलियो कोरोना संक्रमण

दैलेखमा समुदायस्तरमा फैलियो कोरोना संक्रमण

७ साउन २०७७ दैलेख ।  कोरोना भाइरस समुदायस्तरमा फैलिएपछि परीक्षण सुरु भएको छ । केहि केहि ठाउँमा ट्राभल हिस्ट्री नभएहरुमा कोरोना पोजेटिभ भएपछि परीक्षणको दायरा समुदायस्तरमै बढाएको दैलेखका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले बताए ।

ठाँटीकाँध गाउँपालिकामा ७३ जनाको नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको भन्दै रेग्मीले परिक्षणको दायरा बढाएको बताए । स्वाब संकलन गरिएका अन्य स्थानीय तहको रिपोर्ट आइनसकेको भन्दै क्वारेन्टिनस्थल आसपासबाट संकलन गरिएको नमुनामा संक्रमण पुष्टि भएको उनको भनाइ छ ।

अहिलेसम्म जिल्लामा दुईजना जनप्रतिनिधि, ६ जना स्वास्थ्यकर्मी, १४ जना नेपाल प्रहरी, २८ जना सशस्त्र प्रहरी, आठजना शिक्षक कर्मचारी र चार जना सञ्चारकर्मी संक्रमित भएको रेग्मीले बताए ।

 


Thali Mobile Pvt.Ltd.