भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

दोलखाका सिडिओले ९० हजार घुस खाएको खुलासा

दोलखाका सिडिओले ९० हजार घुस खाएको खुलासा

दोलखा । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले घुस खाएको रकम फिर्ता गरेका छन् । उनले थुनछेक मुद्दाका तीन अभियुक्तसँग रकम असुलेको तथ्य सार्वजनिक भएपछि सो सकम फिर्ता गरेका हुन् । मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार, कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट २१ हजार असुलेको पुष्टी भएको हो।

सार्वजनिक मुद्दा लागेका दुई घटनाका अभियुक्तसँग रकम लिई सार्वजनिक मुद्दा नचलाउने निर्णयसमेत गरेका रिजालले दुवै घटनामा कम रकमको रसिद काटेर बढी रकम लिएका थिए । तर, कर्तुत सार्वजनिक हुने डरले सिडिओ रिजालले बिहीबार नै रकम फिर्ता गरेका छन् । सिडिओ रिजाल यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कर्मचारी हुन् ।

विगतमा भ्रष्टाचारको अनुसन्धान गरेका कर्मचारी अहिले आफैँ सर्वसाधारणसँग बार्गेनिङ गरेर पैसा असुलेको घटनामा सार्वजनिक भएपछि जिल्ला प्रशासनका कर्मचारीसमेत आश्चर्यमा परेका छन् । सिडिओ रिजालले कुमार लामासँग एक लाख लिएर दस हजारको मात्रै रसिद दिएपछि सो तथ्य छताछुल्ल भएको हो ।

 


Thali Mobile Pvt.Ltd.