दोलखाका सिडिओले ९० हजार घुस खाएको खुलासा

दोलखाका सिडिओले ९० हजार घुस खाएको खुलासा image

दोलखा । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले घुस खाएको रकम फिर्ता गरेका छन् । उनले थुनछेक मुद्दाका तीन अभियुक्तसँग रकम असुलेको तथ्य सार्वजनिक भएपछि सो सकम फिर्ता गरेका हुन् । मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार, कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट २१ हजार असुलेको पुष्टी भएको हो।

सार्वजनिक मुद्दा लागेका दुई घटनाका अभियुक्तसँग रकम लिई सार्वजनिक मुद्दा नचलाउने निर्णयसमेत गरेका रिजालले दुवै घटनामा कम रकमको रसिद काटेर बढी रकम लिएका थिए । तर, कर्तुत सार्वजनिक हुने डरले सिडिओ रिजालले बिहीबार नै रकम फिर्ता गरेका छन् । सिडिओ रिजाल यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कर्मचारी हुन् ।

विगतमा भ्रष्टाचारको अनुसन्धान गरेका कर्मचारी अहिले आफैँ सर्वसाधारणसँग बार्गेनिङ गरेर पैसा असुलेको घटनामा सार्वजनिक भएपछि जिल्ला प्रशासनका कर्मचारीसमेत आश्चर्यमा परेका छन् । सिडिओ रिजालले कुमार लामासँग एक लाख लिएर दस हजारको मात्रै रसिद दिएपछि सो तथ्य छताछुल्ल भएको हो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.