काठमाडौँ । दुई दिन कलंकीदेखि कोटेश्वर हुँदै भक्तपुरको जगातीसम्मको मुख्य सडक खण्ड बन्द हुने भएको छ । १३औं दक्षिण एसियाली खेलकुदमा साइक्लिङ हुने भएकोले सवारी चलाउन रोक लगाएको हो । ट्राफिक प्रहरीले शुक्रबार र सनिबार साइक्लिङकालागि मुख्य लेनमा सवारी चलाउन रोक लगाइएको भन्दै मुख्य लेनको दायाँबायाँको सर्भिस लेनमा भने सवारी चलाउन सकिनेछ ।
शुक्रबार र शनिबार बिहान ११ देखि ४ बजेसम्म उक्त सडकखण्डको मुख्य लेनमा सवारी चलाउन नपाइने ट्राफिक प्रहरी ले जनाएको छ । कोटेश्वरबाट जगातीतर्फ जाने सम्पूर्ण सवारीसाधन जडीबुटी चोकबाट पेप्सीकोला हुँदै पुरानो ठिमी, ब्यासी, कमलविनायक, च्याम्हासिंह हुँदै जानुपर्ने ट्राफिक प्रहरीले सूचित गरेको छ ।
