काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ जना नयाँ व्यक्तिमा संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । मन्त्रालयले मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय युवक, भारतको उत्तराखण्डबाट कञ्चनपुर फर्किएका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा कोरोना संक्रमण देखिएका ३४ वर्षीय पुरुषका आफन्त ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको आफ्नो फेसवुक पेजमा उल्यख गरेको छ ।
नेपालमा चौथो संक्रमितको रुपमा कोरोना पोजेटिभ देखिएका कैलाली धनगढीका युवाकी भाउजुमा कोरोना संक्रमण देखिएको हो । दुबईबाट नेपाल आएका ३५ वर्षीय युवक चैत ११ गते सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका उनको स्वाव परीक्षण गर्ने क्रममा कोरोना पोजेटिभ देखिएको थियो ।
लगतै स्थानीय प्रशासनले उनको परिवारका सदस्यहरुलाई समेत आइसोलेसनमा भर्ना गरेको थियो । परिवारका सदस्यहरुको स्वाव संकलन गरी परीक्षणका क्रममा उनकी भाउजु नाता पर्ने ३४ वर्षीया महिलामा पोजेटिभ देखिएको हो । भारतबाट आएका २ अन्य युवामा पनि कोरोनाको संक्रमण देखिएको छ ।
कोरोना संक्रमण देखिएकामध्ये कञ्चनपुरका ४१ वर्षीय पुरुष भने लुकेर सीमा नाकाबाट भित्र छिरेको बताईएको छ । भारतको उत्तराखण्डबाट नेपाल भित्रिएका उनी उच्च ज्वरो आए पछि अस्पतालको सम्पर्कमा आएका थिए । उनीसँगै अन्य करिब ४ जना पनि लुकिछिपी सीमाबाट नेपाल प्रवेश गरेका जनाइएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भने उनीहरुको खोजी भइरहेको जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, ६ जेठ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नियमावली, २०७९ को...
काठमाडौं, ३ जेठ । सगरमाथा संवाद २०२५ को दोस्रो दिन आज (शनिबार) काठमाडौंमा जलवायु परिवर्तन र दिगो विकासका मुद्दाहरूमा केन्द्रित ९ वटा छलफल सत्र सञ्चालन हुँदैछन्। बिहान ९:०० बजेदेखि...
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...