काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदुषण बढेपछि निजी पूर्वाधार निर्माणमा रोक लगाइएको छ । सरकारले धुलो तथा धुँवा उत्सर्जन कम गर्नका लागि निर्माण सम्बन्धी काममा रोक लगाएको हो ।
दिल्लीमा हरेक वर्ष जाडो याममा वायु प्रदुषण हुँदै आएको छ । सवारी साधनले उत्सर्जन गर्ने धुँवा र खेतमा पराल जलाउँदा पञ्जाब र हरियाणाका बासिन्दा विशेष रूपमा प्रभावित हुने गरेका छन् ।
केन्द्रीय प्रदुषण मापन बोर्डले वायुको गुणस्तर निकै कमजोर रहेको भन्दै निर्माण सम्बन्धी काममा रोक लगाउने निर्णय गरेको हो ।
वायु प्रदुषणको सूचांक तीन सयदेखि चार सयको बीचमा मापन हुनु भनेको वायुको गुणस्तर निकै खराब स्थितिमा पुग्नु हो भन्दै यसबाट पर्न सक्ने असरका लागि भारत सरकारले क्षमा याचना पनि गरेको छ ।
सरकारले डिजलबाट चल्ने अटोरिक्सा सञ्चालनमा पनि केही समय रोक लगाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति तथा सैनिक जनरल परवेज मुशर्रफको निधन भएको छ । पाकिस्तानी सेनाले मुशर्रफको निधन भएको जानकारी गराएको हो । उनको ७९ वर्षको उमेरमा निधन भएको हो...
सिरहा । गोलबजार–१२ का रञ्जितकुमार पाल सात वर्षअघि रोजगारीका लागि कतार पुगे । त्यहाँको वातावरण बुझेर १५ महिनादेखि चिट्ठा किन्न थाले । नभन्दै उनको भाग्यमा ८२ करोड नेपाली रुपैयाँ...
अस्ट्रेलिया । अस्ट्रेलियाको पश्चिमी क्षेत्रमा नदीमा पौडी खेल्ने क्रममा शार्कको आक्रमणमा परी शनिबार १६ वर्षीया एक किशोरीको मृत्यु भएको छ । पर्थको फ्रेमेन्टल उपनगरमा रहेको स्वान नदीमा शार्कले किशोरीलाई...
युक्रेन । युक्रेनका राष्ट्रपति र युरोपेली सङ्घका अध्यक्ष उर्सुला भोन डेन लियोनबीच भेटवार्ता भएको छ । त्यस क्रममा युक्रेनलाई सङ्घले उपलव्ध गराउने सहयोगका विषयमा कुराकानी भएको बताइएको छ ।...