९ साउन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी गम्भीर संकटमा पुगेको बताएका छन् । पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसको सन्दर्भमा आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।
सामुहिकमा चल्नु पर्नेमा नेतृत्व अहिले नेतृत्वले सामुहिकलाइ चलाइरहेको जिकिर गरे । प्रधानमन्त्री ओली प्रतिलक्षित गर्दै प्रचण्डले प्रहार गरे । पुष्पलाल र नरबहादुर कर्मचार्यलाई स्मरण गर्दै उनले अर्काको रगत चुसेर बसेका शासकहरूलाई फ्याँकेर ल्याइएको शासन व्यवस्थामा जनता निराश हुँदै गएको दावी गरे ।
हेर्नुहोस भिडियो
https://www.facebook.com/Kailashkhabarnews/videos/298103341505270/
एकता निश्चित मूल्य मान्यता र विधि पद्धतिका आधारमा भएकाले अहिलेको चोचोमोचोले पार्टी भित्र संघर्ष चलिरहेको बताए । अध्यक्ष दाहालले अहिले नेकपामा नीति एउटाको तर नेतृत्वमा अर्कै रहेको भन्दै अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गरे ।
