भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

ओली-प्रचण्ड पत्र साटासाट गरी नेकपा बैठक स्थगित (भिडियो सहित)

ओली-प्रचण्ड पत्र साटासाट गरी नेकपा बैठक स्थगित (भिडियो सहित)

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको संकटबारे राजनीतिक प्रतिवेदन तयार पारेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको पत्रको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र र त्यसको प्रतिउत्तरमा प्रचण्डले ओलीलाई लेखेको पत्र समेत सबै नेताहरुलाई दिइएको छ । छलफललाई निरन्तरता दिदै अब अर्को बैठक मंसिर ३ गते डाकिएको नेता तथा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए छ ।

अपराह्न ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कात्तिक २२ गते दाहालसहित सचिवालयका ५ नेताले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको पत्र र त्यसको जवाफमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई दिएको पत्र अध्ययनका लागि सचिवालयका सदस्यहरुलाई वितरण गरिएकाे थिए ।

आगामी बैठकमा पार्टी स्थायी कमिटीको निर्णय कार्यान्वयन र पार्टीको आन्तरिक मामलामा देखिएको समस्यामा छलफल हुने एजेण्डा तय भएको प्रवक्ता श्रेष्ठले बताए ।

हेर्नुहाेस् भिडियाे…

 


Thali Mobile Pvt.Ltd.