काठमाडौँ । नेपालमा बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै भारतले नेपालका लागि आफ्नो रणनीतिमा फेरबेदल गर्न लागेको छ । नेपालको विषयवस्तु, राजनीतिक अवस्थाको बारेमा नयाँ ढङ्गबाट अध्ययन गर्न नेपाली नेताहरुलाई भारत बोलाएर सल्लाह सुझाव लिन थालेका हो।
इण्डिया फाउण्डेशन र नीति अनुसन्धान प्रतिष्ठान नेपालले नेपालका नेताहरुलाई भारतमै बोलाएर औपचारिक र अनौपचारिक छलफल गरेको हो। कार्यक्रम आयोजना गरी नेता तथा थिङ्क ट्याङ्कहरुलाई बोलाएर छलफल र सुझाव लिन शुरु गरेको छ ।
भारतमा भाजपा निकट थिङ्क ट्याङ्कको रुपमा परिचित इण्डिया फाउण्डेशनले नेतृत्व गरेको छ भने नेपालबाट त्यसको समन्वय भाजपाको आरएससले गठन गरेको नीति अनुसन्धान प्रतिष्ठानले गरिरहेको छ । भारत उत्तर प्रदेशको लखनउमा बुधवार आयोजना गरेको कार्यक्रम बिहीबार सकिएको छ ।
कार्यक्रममा नेपालबाट राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादव, काँग्रेसका महामन्त्री शशाङ्क कोइराला, काँग्रेसका अर्का नेता मिनेन्द्र रिजाल, नेकपा केन्द्रीय सदस्य खिमलाल देवकोटा, लेखक श्रीकृष्ण अनुरुद्र गौतम, प्रोफेसर कृष्णचन्द्र शर्मा, पूर्व राजदूत दीपकुमार उपाध्याय, मृगेन्द्रबहादुर कार्की, डा.चन्द्रदेव भट्ट, पूर्व डिआइजी रमेश खरेल, अवकाश प्राप्त सेना विनोज वसन्यात, नलिनी ज्ञवाली प्रतिष्ठानका अध्यक्ष, रमेश कुमार ढुगेंल अध्यक्ष, लुम्बनी विश्व विद्यालय, भारतका लागी नेपाली राजदूत निलाम्बर आचार्य, रवी शंकर सैंजु (पूर्व सचिव नेपाल) र प्रतिकुमारी मण्डल (प्रोफेसर) सो कार्यक्रममा सहभागी भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, ६ जेठ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नियमावली, २०७९ को...
काठमाडौं, ३ जेठ । सगरमाथा संवाद २०२५ को दोस्रो दिन आज (शनिबार) काठमाडौंमा जलवायु परिवर्तन र दिगो विकासका मुद्दाहरूमा केन्द्रित ९ वटा छलफल सत्र सञ्चालन हुँदैछन्। बिहान ९:०० बजेदेखि...
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...