भर्खरै : Sorry, your browser does not support inline SVG.
सगरमाथा संरक्षणमा राष्ट्रपतिको जोड : दिगो पर्यटन र हिमाली वातावरण जोगाउन आग्रह | म्याग्दीको सिरुवारीमा पहिरो : बेनी–जोमसोम–कोरला सडक अवरुद्ध, यातायात ठप्प | तीन मौसमी प्रणाली सक्रिय : बुधबार देशभर चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | क्यान्सर अस्पतालमा औषधि अभाव | अमेरिका–इरान तनाव फेरि चर्कियो : नयाँ हवाई आक्रमणपछि युद्धविराम संकटमा, होर्मुज र आणविक वार्ता थप पेचिलो | उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ |

नेपालगञ्जमा जग्गाधनी (लालपुर्जा) वितरण

नेपालगञ्जमा जग्गाधनी (लालपुर्जा) वितरण

नेपालगञ्ज । उपमहानगरपालिका वडा नम्बर १ र १८ स्थित वाटरपार्क जग्गा एकीकरण परियोजनाअन्तर्गतका जग्गाधनीलाई स्थायी लालपुर्जा वितरण शुरु गरिएको छ । एक दशकपछि स्थायी प्रमाणपत्र प्राप्त गरेपछि जग्गाधनी उत्साहित भएका छन् ।

नगर प्रमुख डा. धवलशम्शेर राणा र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले आज उपमहानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा जग्गाधनीलाई स्थायी लालपुर्जा हस्तान्तरण गरेका हुन । कार्यक्रममा नगर प्रमुख डा राणाले लामो समयको प्रयासपछि वाटरपार्क परियोजनाको सम्पूर्ण कानूनी प्रक्रिया पूरा भई सम्पन्न हुने चरणमा पुगेको बताए ।

स्थायी पुर्जा वितरण सकिएलगत्तै सडक, खानेपानी, विद्युत्लगायत कामका लागि करीब रु ८० करोडको बोलपत्र आह्वान प्रक्रियामा रहेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.