भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीको कहर: ६०० मेगावाट जलविद्युत प्रभावित, करोडौंको उत्पादन घाटा | सरकारले आठ जटिल रोगको उपचारमा थप एक लाख रुपैयाँ दिने निर्णय, कार्यान्वयनमा चुनौतीहरू के के? | एसईई उत्तीर्ण खेलाडीहरूलाई भक्तपुर नगरपालिकाद्वारा बधाई तथा मार्गदर्शन | सुर्यविनायक नगर अस्पताललाई ५० शैयाको अस्पतालको रूपमा स्वीकृति | “लाली पाउडर लाया जसी ” सार्वजनिक, रोशन टमट्टा र संगीता बडुवालको आवाजमा नयाँ देउडा गीत | बुढानिलकण्ठ–६ मा निःशुल्क दन्त शिविर, १४४ जनाले पाए सेवा | चिकित्सक सङ्घको आन्दोलन स्थगित, अस्पताल सेवा पुनःसञ्चालन | ट्रम्प–नेतान्याहूबीच २४ घण्टामा दोश्रो वार्ता, गाजा युद्धविरामलाई प्राथमिकता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नेपालमा ७४ जिल्लाका थप ४२६ जना नयाँमा कोरोना, ८ हजार २७४ पुगे संक्रमित (भिडियाे)

नेपालमा ७४ जिल्लाका थप ४२६ जना नयाँमा कोरोना, ८ हजार २७४ पुगे संक्रमित (भिडियाे) image

५ असार २०७७  काठमाडौं । नेपालमा थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६ जनामा संक्रमण देखिएको हो । आज थपिएका ४२६ सहित नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा थप २१६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

यो सहित डिस्चार्ज हुनेको संख्या १४०२ पुगेको छ । कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ । प्रवक्ता डा.गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/3421098234588173/

बाग्लुङ, तनहुँ र पर्वतमा थपिए ३२ कोरोना संक्रमित
तीन जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान ११ बजे जारी गरेको सूचना अनुसार प्रदेशका तीन वटा जिल्लामा ३२ नयाँ संक्रमित भेटिएका हुन् । निर्देशनालयको सूचना अनुसार बाग्लुङमा १०, तनहुँमा १७ र पर्वतमा ५ जनामा नयाँ संक्रमण पुष्टि भएको हो ।

उनीहरु सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको बताइएको छ । गण्डकी प्रदेशमा मात्रै २४ जना नयाँ संक्रमित भेटिएका थिए । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८० पुगेको छ ।

मेलम्चीमा १८ कोरोना संक्रमित
सिन्धुपाल्चोकस्थित मेलम्चीमा १८ कोरोना संक्रमित फेला परेका छन्। मेलम्चीको बाहुनेपाटी क्वारेन्टाइनमा रहेका १३ जना र दोलखाबाट आएर मेलम्चीको क्षेत्रीय क्वारेन्टाइनमा बसेका ५ जना गरि १८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । एकै दिन सिन्धुपाल्चोकमा यति संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्ण तिवारीले जानकारी दिए ।

दोलखाबाट आएर क्षेत्रीय क्वारेन्टाइन मेलम्चीमा बसेका ८ जना र बाहुनेपाटीमा रहेका १८ जनाको गरी जम्मा २६ जनाको स्वाब संकलन गरि असार १ गते परीक्षणका लागि काठमाडौंको टेकुस्थित प्रयोगशालामा पठाइएको थियो । संक्रमितमा पाँचपोखरी गाँउपालिकाका १० जना, हेलम्बु गाँउपालिकाका ३ जना र मेलम्ची नगरपालिकाका ५ जना छन् ।

उनीहरु भारत, भोजपुर र दोलखाबाट भिन्न–भिन्न समयमा आएका थिए। योसँगै जिल्लामा संक्रमितको संख्या २४ पुगेको छ । तीमध्ये संक्रमित एक महिलाको भने मृत्यु भइसकेको छ ।

२ डाक्टर सहित ५ स्वास्थ्यकर्मी संक्रमित, सेवा बन्द
पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो । स्वास्थ्यकर्मीलाई नै कोरोना संक्रमण देखिएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द भएको छ ।

अस्पतालले अनिश्चितकालका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्नुपरेको जानकारी विज्ञप्ति मार्फत दिएको छ ।अस्पतालका अनुसार २ जना डाक्टर, एक जना नर्स, एक जना ल्याब असिस्टेन्ट र कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएको छ ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालको आइसोलेसनमा हाल ३० जना कोरोना संक्रमित उपचाररत छन् ।

गण्डकी प्रदेशका २४ जनामा कोरोना संक्रमण
थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी सूचना अनुसार थप २४ जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितमा बाग्लुङका मात्रै १४ जना छन् । सो जिल्लाका गल्कोट नगरपालिका र काठेखोला गाउँपालिकामा मात्रै ६/६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, नवलपरासी पूर्वमा २, कास्की ६ र स्याङ्जामा २ जनामा संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित सबै भारतबाट फर्किएका निर्देशनालयको सूचनामा उल्लेख छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । नेपालभर भने ७ हजार ८ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.