भर्खरै : Sorry, your browser does not support inline SVG.

नेपाली कला चिनाउने सात नेपाली कलाकारहरु

नेपाली कला चिनाउने सात नेपाली कलाकारहरु

नेपाली कला चिनाउनेमा कलाकारहरुको भुमिका

भृकुटी
नेपाली प्रसिद्ध कलाकारहरु मध्य भृकुटी पनि एक हुन । नेपाली कलाको विकासमा राजकुमारी भृकुटीको महत्वपूर्ण योगदान रहेको छ । हुन त उनी कलाकार नभएता पनि नेपाली कलाको प्रचार–प्रसारमा उनको अतुलनीय योगदान रहेको छ । यतिमात्र होइन यसको पहिचान गर्ने पहिलो नेपाली चेली समेत उनी हुन् । सातौं शताब्दीमा जन्मेकी भृकुटी राजा अंशुवर्माको छोरी थिइन । उनको बिहे तिब्बतका सम्राट श्रङ चङगम्पोसित भएको थियो । उनले आफ्नो विहेमा नेपालबाट तारा, अक्ष्योभ्य बुद्ध र मैत्रीयका मूर्तिका साथै केही कलाकारहरु समेत दाइजोको रुपमा लगेका थिए । ती कलाकारहरुबाट तिब्बतको ल्हासामा जोखाङÞ गुम्बा तथा पोटाला दरबारमा थुप्रै मुर्तिहरु निर्माण गर्न लगाएका थिए ।

२. गुण धर्म
आठौं शताब्दी के कलाकार गुण धर्मले इण्डोनेशियाको जाभामा वारोबोदुवर चैत्य निर्माण गरेका थिए । झण्डै स्वयम्भु डाँडाको आधा भाग ओगटेको उक्त चैत्यमा बौद्ध धर्ममा आधारित जातक कथाहरु झण्डै ५ हजार बुद्ध मुर्तिहरु राखेका छन् ।
३. अरनिको
नेपाली कलाकार इतिहासमा कलाकार अरनिकोको नाम उल्लेखनिय छ । तेन्हौं शताब्दी के कलाकार यीनले चीनका सम्राट कुब्लाई खानको निमन्त्रणामा ८० जना नेपाली कलाकारहरुको नेतृत्व गर्दै तिब्बत र चीनमा थुप्रै कलाकृतिहरुको निर्माण गरी नेपाली कलालाई अन्तराष्ट्रिय समुदायमा लोकप्रिय बनाएका थिए । उनको कलाकारीताबाट प्रभावित भई चीनका सम्रातले यीनलाई उच्च पदबाट सम्मानित गरेका थिए चीनको बेइजिङ स्थित श्वेत स्तूप लगायत तिब्बत र चीनका विभिन्न स्थानमा उनीद्धारा निर्माण गरेका थुप्रै कलकृतिहरु आजसम्म पनि अध्ययन र अवलोकन गर्न सकिन्छ । कलाकार अरनिको लाई कदर र सम्मान गार्ड वि.स २० सालमा श्री ५ को सरकारले राष्ट्रिय विभूतिको रुपमा घोषणा गरी सकेको छ।
४. अभयराज शाक्य
ललितपुरको ओकुबहालमा जन्मेका महान कलाकार अभयराज शाक्यको नाम अगर स्थानमा
आउँछ । उनले भारत को बौद्धगया धार्मिक भ्रमण गरि फर्के लगतै नेपालमा पनि त्यस्तै महाबौद्ध मन्दिर तेराकोटा ईटावाट वि.स. १६२२ मा पाटनको ओकुबहालमा निर्माण गरेका थिए । मन्दिर निर्माणकै कममा उनको देहान्त भउको हुँदा छोरा जीवराज शाक्य र नाति बुद्धजुले समेत गरी ३५ वर्ष लगाएर वि स १६५७मा मन्दीर निर्माण कार्य सम्पन्न गरेका थिए । प्रत्येक इट्टै पिच्छे ठुलो सानो गरी लगभग ९००० ( नौ हजार )बुद्धका मूर्ति रहेका छन् । विदेशी पर्यटक हरु मनव यस मन्दिरलाई (ल्ष्लभ त्जयगकबलम द्यगममजब त्झउभि) को नामबाट प्रसिद्ध छन् ।
५ विजित सिंह
१६ औं शताब्दी का एक अंकों महान कलाकार विजय सिंह का नाम हाल प्रकाशनमा आएको छ । तीनले नेपालको सुदुर पश्चिमका बौद्ध गुम्बामा शाक्य मूनी बुद्ध, बज पाणी, खड्ग पाणी, सिंह गरुड, शार्दुल ऐरावत र किर्तिमुखको धातु तथा प्रस्तर मूर्ति हरु निर्माण गरेका
थिए । ललितपुर निवासी यी महानु कलाकारको पूण्य स्मृतिमा त्यस गुम्बामा एउटा गुठी नै स्थापना गरेको देखिन्छन् । जुन गुठी हालसम्म प्रचलनमा आइरहेको देखिन्छ ।

६ कल्याण सिंह
११औं शताब्दी के महान धातु मूर्तिकार कल्याण सिंह एक कुशल राज कलाकार थिए । उनीद्धारा निर्माण गरेका पाटन मंगल बाजार स्थित महाभारत कथा मा आधारीत युद्ध स्थलमा भीमसेनले दुस्सासन बद्ध गरेको ७ फुट अग्लो धातु मूर्तिकला साथै पंच पाण्डवको मुर्तिहरु प्रसिद्ध मानिन्छन् ।
७ करुणाकार रतिकर शाक्य
विश्व सम्पदा सुचीमा सुचीकृत भक्तपुर दरबारको कलात्मक सुनना तोका उत्कृष्ट नमुनाको रुपमा रहेको छ । वि स १८११ मा राजा रणजित मल्ल को राज्य कामा पाटन का दाजुभाई कलाकार द्वय करुणाकर तथा । नेपाली कलाकार इतिहासमा ललितपुर का थुप्रै कलाकार हरुले स्वदेश तथा विदेशमा समेत ख्याति प्राप्त कला र हस्तकलाको सिर्जना गरीएक छन् । तर विडम्बना त्यस्ता कलाकृति हरुमा कलाकार का नाम कतै पनि उल्लेख गर्ने प्रचलन नभएको कारणले यस्ता कलाकारहरु अन्यौलमा परेको देखिन्छ । स्व सिद्धि राज शाक्य, स्व अधिराज शाक्य, स्व नेम राजा शाक्य, स्व रत्न काजी शाक्य, सतजिवी कलाकारहरुमा श्री काल रतिकार शाक्यले निर्माण गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.