भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

नेप्सेमा दोहोरो अङ्कको ओरालो

नेप्सेमा दोहोरो अङ्कको ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ११।९६ अङ्कले घटेर दुई हजार ८०१।५६ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १।७० अङ्कले ओरालो लागेर ५२७।२८ मा ओर्लेको छ ।नेप्सेको ओरोलो यात्रासँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर रु तीन अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३५० मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ५९ अर्ब ६४ करोड ८५ लाख ३० हजारको आसपास ओर्लेको छ ।नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । व्यापार ४६।४६, अन्य १२।५१ र सामूहिक लगानी कोष ०।०३ अङ्कले उकालो लागेको छ । यस्तै बैंकिङ १०।७९, होटल तथा पर्यटन १९।७२, विकास बैंक २८।९१, जलविद्युत् २७।७६, वित्त १२।७५, निर्जीवन बिमा ८१।०७, उत्पादन १।२९, लघुवित्त ३७।२५, जीवन बिमा १३।३७ र लगानी ०।५६ अङ्कले घटेको छ ।कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको रु २५ करोड ४८ लाख ३९ हजार ५६४ बराबरको कारोबार भयो ।

यस्तै नेशनल हाइड्रोपावर रु २२ करोड ४० लाख १५ हजार ४५९, आइएमई जनरल इन्स्योरेन्स रु १९ करोड ८१ लाख ८७ हजार १४६, अरुण भ्याली हाइड्रोपावर रु १६ करोड २६ लाख ३८ हजार ९५४ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १५ करोड ७१ लाख ६० हजार २२९ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।नेप्सेका अनुसार नबिल इक्विटी फण्ड २।७६, सिन्धु विकास बैंक २।२०, कुमारी इक्विटी फण्ड २।०७, एनएमबी फिप्टी २।०६ र साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले २।०६ प्रतिशतले कमाए ।त्यस्तै मिथिला लघुवित्त ४, ग्लोबल आइएमई समुन्नत स्किम एक ३।२०, नेरुडे लघुवित्त विकास बैंक ३।२०, नेपाल फाइनान्स ३।१० र बुद्ध भूमि नेपाल हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ३।०६ प्रतिशतले गुमाए ।

 


Thali Mobile Pvt.Ltd.