भक्तपुर । वर्ल्ड नेवा : अर्गनाइजेशन (धलय)को जर्मन शाखाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी कुमार नापित निर्वाचित भएका छन् । १० अप्रिल २०२३ मा जर्मनको लुबेक शहरमा भएको कार्यक्रमबाट व्यवसायी तथा समाजसेवी कुमार नापित निर्वाचित भएका हुन ।
नापित जर्मनको लुनिर्वकमा बसोवास गर्ने व्यवसायी तथा समाजसेवी हुन । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएको अर्गनाइजेशनले जनाएको छ । जर्मनमा बसोवास गर्ने नेवाः हरुलाई नेवाः भाषा, संस्कृति, भेषभुषा, नेवाः खानेकुराका विभिन्न परिकारको प्रचार–प्रसारमा लागिरहने अध्यक्ष नापित मेहनती र परिश्रमी भएकै कारण वल्र्ड नेवाः अर्गनाइजेशनको अध्यक्षमा निर्वाचित भएका हुन ।
कार्यक्रममा वल्र्ड नेवाः अर्गनाईजेशन केन्द्रीय अध्यक्ष्य संयुत्ता श्रेष्ठले संस्थाको महत्व र आवश्यकतालाई उपस्थित सबैलाई प्रकाश पारेकी थिइन । त्यसैगरि उपाध्यक्ष रजनी प्रधानले सबै नेवारहरु संगठीत रुपमा हातेमालो गर्दै संस्थाको अवस्था बुझेर एकजुट हुनुपर्ने बताइन । शाखाका सल्लाहाकार नेन्द्र श्रेष्ठले सबैको साथ सहयोगमा जर्मन शाखालाई बिश्व सामु चिनाउँन सक्नु पर्ने बताए ।
जर्मन शाखा बिस्तारका लागि वल्र्ड नेवाः अर्गनाइजेशनका नवनिर्वाचित केन्द्रीय अध्यक्ष संयुत्ता श्रेष्ठ युके लण्डनबाट, बेल्जियमबाट उपाध्यक्ष्य, सल्लाहाकारहरु रविन्द्रमान श्रेष्ठ, जर्मन वाइरोड बसोवास गर्ने दिनेश प्रधान, फ्रङ्गफर्ड निवासी शंखर महर्जन, नेवाः खल हम्वर्ग जर्मनका संस्थापक अध्यक्ष्य मानव कुमार श्रेष्ठ, नेवाः खल हम्बर्गका संस्थापक संरक्षक चिरण श्रेष्ठ, सफल व्यवसायी तथा समाजसेवी नेवाः खल हम्बर्गका संस्थापक संरक्षक नरेन्द्र श्रेष्ठ, नेवाः खल हम्बर्गका सांस्कृतिक संरक्षक सरोज श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।
नवगठित कार्यसमिति
अध्यक्ष्य कुमार नापित,उपाध्यक्ष्य रामकाजी गोसाई, सचिव डा. देव नापित, कोषाध्यष शिर्षक श्रेष्ठ, सांस्कृतिक संयोजक उर्मीला श्रेष्ठ बदगामी, सदस्यहरुमा : अमित कुमार वासुकला, पदम श्रेष्ठ, जीवन श्रेष्ठ, अन्जना श्रेष्ठ, बिन्दिरा बोहजु, सलोनी श्रेष्ठ, रक्षा श्रेष्ठ कपाली, सल्लाहाकारहरुमा बिकाश मान प्रधान, गणेशमान ताल्चाभडेल, डा.मलखा श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, दिनेश मानन्धर, शिव श्रेष्ठ र अमृत श्रेष्ठ रहेको छन् ।
को हुन अध्यक्ष नापित ?
अध्यक्ष नापित भक्तपुर नगरपालिका वडा नं. ५ क्वाछें टोलमा जन्मेका हुन । बाल्यकालदेखि नै संर्घषशील नापित व्यवाय गर्दै समाजसेवामा लागिरहेका छन् । बाल्यकालमा संर्घष र दुःखका दिन विताएका नापित संस्कृति र सम्पदाको जिवित संग्रहालयका रुपमा परिचित भक्तपुर नेवाः संस्कृति भेषभुषा, नेवारी खानपीन, खेलकुदसँग राम्रोसंग परिचित हुँदै निकै अुभवि पात्रका रुपमा परिचित रहेका छन् ।
उनी जर्मनमा बसोवास गर्ने नेवाःहरुलाई नेवाः भाषा, संस्कृति, भेषभुषा, नेवाः खानेकुराको परिकारका बिषयमा प्रशिक्षण तथा प्रचार–प्रसारमा निरन्तर लागिरहका छन् ।
