भर्खरै : Sorry, your browser does not support inline SVG.
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ | बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, मुख्यमन्त्री बानियाँ अल्पमतमा | एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित | दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा |

पत्रकारलाई राहत कोष स्थापना

पत्रकारलाई राहत कोष स्थापना

सिन्धुपाल्चोक नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकले कोभिड– १९ पत्रकार राहत कोष स्थापना गरेको छ । कोरोनाका मारमा परेका पत्रकारलाई राहत दिइने उद्देश्यले कोष स्थापना गरिएको हो ।

कोभिड– १९ सङ्क्रमणमा परेका शाखाका सदस्यलाई सहायता गर्ने उद्देश्यले कोष स्थापना गरिएको जिल्ला शाखाका अध्यक्ष जीवन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सो कोष पत्रकार महासङ्घ सिन्धुपाल्चोकले नै सञ्चालन गर्नेछ ।

सिन्धुपाल्चोकमा कोभिड– १९ को दोस्रो लहरमा एक पत्रकार सङ्क्रमित भइसकेका छन् । पहिलो चरणमा पनि १२ भन्दा बढी पत्रकारलाई सङ्क्रमण भएको थियो । कोषमा सहयोग गर्न चाहनेले पत्रकार महासङ्घ सिन्धुपाल्चोकको मेगा बैङ्क लिमिटेड चौतारा शाखाको खाता नं ०१४००६०००३७२२ मा रकम जम्मा गर्न सक्ने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.