भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरे : श्रेष्ठ

पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरे : श्रेष्ठ

काठमाडौं । पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठले बताएका छन् । अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको बुधबार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग उनले दाबी गरे । ‘उपननिर्वाचन र मेरो पनि आफ्नो मान र प्रतिष्ठालाई आघात परेको छ ।

त्यसप्रति म क्षमतापार्थी छु । यो अडियो खासगरी अहिले मिडियामा जहाँ पनि जसरी पनि बनाउन सकिन्छ । कहाँकहाँबाट कुराहरु जोडेर मिडियामा आएको छ । म पार्टीबाट निलम्वित भएको सदस्य पनि हो । म न्यायालय गएर सम्पूर्ण कुराहरु गरेर क्लिन चिट गरेर म तपाईहरुसँग आउने छु ।

मेरो कारणले पार्टी र उपनिर्वाचनलाई जुन अफ्ठ्यारो स्थिति आएको छ, यसप्रति म क्षमाप्रार्थी छु । यो अडियो फसाइएको हो, सुनिश्चित रुपमा । जनवरीको अडियो अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारतिरबाट प्रहार गर्ने षड्यन्त्र भएको छ ।’उनले भने सांसद श्रेष्ठले पार्टी र उपनिर्वाचनलाई अफ्ठ्यारो पार्नका लागि यस्तो गरेको बताए ।

जनवरी–फेब्रुअरीको अडियो अहिले सार्वजनिक गर्नु पार्टीमाथि प्रहार गर्ने सुनियोजित षड्यन्त्र भएको उनले दाबी गरे । आफू यसविरुद्ध न्यायालय पुगेर न्यायबाट सफाइ पाएपछि पुनः पत्रकारसँग कुराकानी गर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.