भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरे : श्रेष्ठ

पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरे : श्रेष्ठ

काठमाडौं । पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठले बताएका छन् । अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको बुधबार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग उनले दाबी गरे । ‘उपननिर्वाचन र मेरो पनि आफ्नो मान र प्रतिष्ठालाई आघात परेको छ ।

त्यसप्रति म क्षमतापार्थी छु । यो अडियो खासगरी अहिले मिडियामा जहाँ पनि जसरी पनि बनाउन सकिन्छ । कहाँकहाँबाट कुराहरु जोडेर मिडियामा आएको छ । म पार्टीबाट निलम्वित भएको सदस्य पनि हो । म न्यायालय गएर सम्पूर्ण कुराहरु गरेर क्लिन चिट गरेर म तपाईहरुसँग आउने छु ।

मेरो कारणले पार्टी र उपनिर्वाचनलाई जुन अफ्ठ्यारो स्थिति आएको छ, यसप्रति म क्षमाप्रार्थी छु । यो अडियो फसाइएको हो, सुनिश्चित रुपमा । जनवरीको अडियो अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारतिरबाट प्रहार गर्ने षड्यन्त्र भएको छ ।’उनले भने सांसद श्रेष्ठले पार्टी र उपनिर्वाचनलाई अफ्ठ्यारो पार्नका लागि यस्तो गरेको बताए ।

जनवरी–फेब्रुअरीको अडियो अहिले सार्वजनिक गर्नु पार्टीमाथि प्रहार गर्ने सुनियोजित षड्यन्त्र भएको उनले दाबी गरे । आफू यसविरुद्ध न्यायालय पुगेर न्यायबाट सफाइ पाएपछि पुनः पत्रकारसँग कुराकानी गर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.