८ बैशाख २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकले पारित गरेको दुवै अध्यादेश जारी गरेकी छन् । कोरोना भाइरसको अभियानमा देश नै होमिएका बेला ल्याइएको अध्यादेशको आलोचना भइरहेका बेला राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको हो ।
संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी पहिलो संशोधन अध्ययादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पार्टी विभाजनलाई सजिलो बनाउने गरी ल्याएको भन्दै पूर्वमाओवादीसहित पूर्वएमालेका केही नेताहरुले अध्यादेशको विरोध गरिरहेका छन् । त्यस्तै सरकारका मन्त्री पनि यो अध्यादेशविरुद्धमा उभिएका छन् । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्को काम कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ र राजनीतिक दलसम्बन्धी अध्यादेश पारित गरेको थियो ।
मन्त्रिपरिषदले पारित गरेको दुवै अध्यादेश तत्कालै राष्ट्रपतिकहाँ पुर्याइएको थियो । सोमवार साँझ साढे ६ बजे दुवै अध्यादेश जारी गरिएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै दुवै अध्यादेश जारी गरेको जानकारी दिएको छ । के छ अहिलेको व्यवस्थामा ?
कुनै पनि दलको केन्द्रीय समिति र सङ्घीय संसदका संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरु समेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन । यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (२) बमोजिम गठन भएको दल आयोगबाट मान्यता प्राप्त गरेको मितिबाट पाँच वर्षसम्म त्यस्तो दलबाट छुट्टिई अर्को दल गठन हुन सक्ने छैन ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । भिजिट भिसामा यूएई घुम्न लगेर नेपाली युवालाई रूसी सेनामा भर्ती गराउने गरेको पाइएको छ । नेपाली नागरिकलाई रुस लैजाने गिरोहका १२ जना पक्राउ परेका छन्। उनीहरुको प्रारम्भिक...
रुकुम । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर मृत्यु भएका रुकुमका सबै मृतकका परिवारले नगद राहत बुझेका छन् । गत कात्तिक २४ र २५ गते पहिलो चरणमा राहत रकम...
काठमाडौँ । विज्ञान प्रविधिसम्बन्धी विश्वस्तरको प्राज्ञिक संस्था ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ (ट्वास) को प्राज्ञ (फेलो) मा दक्षिण एसियाका तर्फबाट नेपालका रसायनशास्त्री प्रा.डा. हेमराज पन्त चयन हुनुभएको...
काभ्रे । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै आज बिहानदेखि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टिपर सञ्चालनमा रोक लगाएको छ । घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार...