भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कोरोना विरुद्ध नगरकाे प्रकोप व्यवस्थापन कोषमा सिद्वार्थकाे पच्चीस हजार

कोरोना विरुद्ध नगरकाे प्रकोप व्यवस्थापन कोषमा सिद्वार्थकाे पच्चीस हजार

८ बैशाख २०७७ राकम। दैलेख जिल्लाकै विकट मानिने आठबीस नगरपालिकाको कोरोना विरुद्धको प्रकोप व्यवस्थापन कोषमा सिद्वार्थ होटल राकम कर्णालीले २५ हजारको चेक हस्तान्तरण गरेको छ । नेपाली काँग्रेस निकट नेपाल तरुण दल आठबीस नगर संयोजक महेन्द्रबहादुर माझीले उक्त चेक नगरप्रमुख खड्गराज उपाध्यायलाई हस्तान्तरण गरेका हुन ।

सोमबार नगर प्रमुख खड्गराज उपाध्यायलाई चेक हस्तान्त्रण गर्दै होटल सञ्चालक समेत रहेका संयोजक महेन्द्रबहादुर माझीले कोरोना भाइरसका कारण विश्व मानवसमुदाय प्रताडित बनिरहेका बेला यसको संक्रमण फैलन नदिन सानै भएपनि विपद व्यवस्थापनमा सहयोग पुग्ने हेतुले सहयोग गरेको बताए ।

लकडाउनको पूर्ण पालना गर्दै जो जहाँ भएपनि कोरोना विरुद्ध सचेत हुनु पर्ने भन्दै माझिले सबै मिलेर महामारीको सामना गर्नुको विकल्प नरहेको बताए । चेक बुझ्दै नगरप्रमुख उपाध्यायले माझीलाई नगरको तर्फबाट धन्यवाद दिए ।

नगरपालिकाले सबै सहयोगीहातलाई धन्यवाद दिदै कोरोना विरुद्ध लड्न सरकारले जारी गरेको लकडाउनको पालना गर्न आग्रह गरेको छ । साथै सहयोगी मनलाई सहयोगका लागि ढोका खुल्ला रहेको नगरपालिकाले जनाएको छ ।

यस्तै कोरोना भाइरसको रोकथाम तथा नियन्त्तणको लागि यस अघि नगरको प्रकोप व्यवस्थापन कोषमा नेपाल विद्यार्थी संघ आठबीस नगरसमिति राकमकर्णाली दैलेखले पनि १० हजार सहयोग गरेको छ ।

यस्तै लालिगुँरास कृषि बचत तथा ऋण सहकारी सस्था लिमिटेडले  सात हजार सहयाेग गरेकाे छ । अहिले कोषमा रकम जम्मा हुने कार्य निरन्तर बढीरहेको नगरका सुचना अधिकारी शेरबहादुर सिजापतिले बताए ।

 


Thali Mobile Pvt.Ltd.