भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पेप्सीकोलाको वरुण वेभरेजलाई दुई लाख जरिवाना

पेप्सीकोलाको वरुण वेभरेजलाई दुई लाख जरिवाना

काठमाडौं । पेयपदार्थ (स्लाइस) मा अखाद्य वस्तु भेटिएपछि पेप्सीकोलास्थित वरुण वेभरेज कारवाहीमा परेको छ । काठमाडौं महानगरपालिकाले वरुण वेभरेजलाई दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।

बजार अनुगमनका क्रममा ढुसी परेको पेयपदार्थ (स्लाइस) फेला परेपछि उत्पादक कम्पनीलाई कारबाही स्वरुप दुई लाख रुपैयाँ जरिवाना गरिएको महानगरका कृषि तथा पशुपन्छी विभाग प्रमुख डा अवधेश झाले जनाएका हुन् ।

जरिनावा रकम आगामी एक साताभित्र बैंक खातामा जम्मा गर्न अनुगमन टोलीले पत्र थमाएको छ । एक साता भित्र जरिवाना नबुझाए थप कारबाही हुने बताइएको छ ।

अनुगमन टोलीले वरुणलाई बजारमा लगिएका अखाद्य सामग्री फिर्ता लिने व्यवस्था गर्न, उत्पादित बस्तुको गुणस्तर कायम गर्न, बजारमा नियित परीक्षणको व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.