७ असार २०७७ भक्तपुर । शक्ति सम्पन्न राष्ट्र भनेर चिनिने पैसाको घमन्डी अमेरिकाले आफ्नै नागरिकलाई बचाउन अस्पताल र भेन्टिलेटरको पनि व्यवस्था गर्न नसेको नेता नारायणमान विजुक्छेले बताएका छन् । कोरोना भाइरसको महामारीले गर्दा शक्ति कतिको रहेछ भन्ने कुरा देखाईदिएको उनको जिकिर छ ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको रजत वर्ष २०७६ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता बिजुक्छेले यस्तो बताएका हुन । रजत वर्षको उपलक्ष्यमा ‘सिद्धि गणेश स्मारिका’ को विमोचनमा अध्यक्ष बिजुक्छेँले सहकारीहरुले आफ्नो प्रभावकारीता बढाउन बैङ्कले जस्तै आर्थिक कुरामात्र ध्यान दिन नहुने बताए ।
पैसा र ठुलो घर हुँदैमा जीवन सफल नहुने भन्दै राजनैतिक र सामाजिक गहिरो अध्ययनबाट मात्र जीवनको सांस्कृतिक स्तर उठ्ने भएकाले सहकारी संस्थाहरू सदस्यहरूको सांस्कृतिक स्तर उठाउन सक्रियतापूर्वक लाग्नु पर्ने बताए । सहकारीले अब अध्ययन, वर्गीय सोच र सङ्घर्षलाई आफ्नो जीवन पद्धति बनाउनुपर्ने सूझाव दिए ।
बिजुक्छेले फरक प्रसंगमा भारतको काँधमा बन्दुक तेस्र्याएर अमेरिकाले चीनलाई तर्साउन खोजेको दावी गरे । कोरोना भाइरस यसैको श्रृङ्खला रहेको तथ्य प्रमाणित भएको चर्चा गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष रोहितले चीन सरकार र चिनियाँ जनता एक ढिक्का भएको हुँदा कोरोना सङ्क्रमण नियन्त्रण लिएको बताए ।
चीन सबैकुराबाट सचेत भएकाले छिटो भन्दा छिटो कोरोना नियन्त्रणमा लिन सकेको भन्दै अन्य मुलुकले लापरबाही गरिरहेकाले क्षेती व्यहोर्नु परेको बताए । जुनसुकै क्षेत्रमा पनि जित हाँसिल गर्न राजनीति, नेता, कार्यकर्ता र नेतृत्व सहि हुनु पर्ने धारणा राखे ।
अध्यक्ष बिजुक्छेँले राम्रा शैक्षिक जनशक्तिलाई विदेश पठाउने र समाजका शोषक र शासक ढुक्क भएर जनताको शोषण गर्ने राजनीतिको अहिले जनताले अध्यन गरिरहेको बताए । कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले संस्थाद्वारा प्रकाशित स्मारिकामा समुदायमा आधारित असल सहकारी संस्था सञ्चालनका लागि आवश्यक सामग्री समेटिएको बताए ।
सहकारीहरू मिलेर ठुलो आकारमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिने नयाँ सहकारी नियमावलीको व्यवस्थालाई सहकारीले उपयोग गर्नु पर्ने तर्क उनले राखे ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुराम दुमरु, व्यवस्थापक राजेन्द्र दुमरुलगायतले कोरोना भाइरसको महामारीका कारण जारी लकडाउन अवधिमा पनि सेवा सुरु भएको भन्दै संस्थाले ऋणको साँवा भुक्तानीमा स्थगन तथा ब्याज भुक्तानीमा छुटलगायतका कार्यक्रम अगाडि सारेको जानकारी दिएका थिए ।
शनिवार खँचास्थित सिद्धि गणेश तालिम हलमा भौतिक दुरी कायम गर्दै आयोजना गरिएको कार्यक्रम संस्थाको फेसबुक खाताबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पोखरा । पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरीविरुद्ध घुससहित पक्राउ परेपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। गिरीले अख्तियारमा उजुरी परेको नक्कली विवरण देखाएर आफ्नै कार्यालयका कर्मचारीसँग २५ हजार...
काठमाण्डौ । तीन जना बालबालिका धनुषामा मृत भेटिएका छन् । धनुषाको शहीदनगर नगरपालिका–५ यदुकोहामा एकै परिवारका तीन जना बालबलिका मृत भेटिएका हुन । सुशील साहका ६ वर्षीय छोरा आदित्य,...
सुर्खेत। कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षामा विकास बजेटको जम्मा २०% (३ अर्ब ९३ करोड) मात्र खर्च भएको छ। १८ अर्ब ७५ करोडको बजेटमध्ये ८०% खर्च...
भक्तपुर, ८ बैशाख । ‘नयाँ वर्ष, नयाँ सोच, युवाहरुको लागि प्रगतिको स्रोत’ भन्ने नाराका साथ आयोजित नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/०८२ मा करिब ३ लाख...