भर्खरै : Sorry, your browser does not support inline SVG.

प्रज्ञा,संगीत तथा नाट्य र ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिले गरे शपथ ग्रहण

प्रज्ञा,संगीत तथा नाट्य र ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिले गरे शपथ ग्रहण

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान,नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिले शपथ ग्रहण गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छालीले विहिबारशपथ ग्रहण गरेका हुन् ।

शपथग्रहण कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती सहितको उपस्थिति रहेको थियो । तीनै जनालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन ।

बधाई तथा सफल कार्यकालको शुभकामना प्रधानमन्त्री प्रचण्डले दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.