प्रदेश सांसदको सुविधामै साढे ३३ करोड खर्च

प्रदेश सांसदको सुविधामै साढे ३३ करोड खर्च image

कास्की । २०७४ मा निर्वाचित गण्डकी प्रदेशसभा सदस्यको ५ वर्षे कार्यकाल असोज १ बाट पूरा भएको छ । गण्डकी प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेश सांसदको सेवा सुविधामा मात्रै साढे ३३ करोड रुपैयाँ खर्च भएको छ ।

झन्डै ५ वर्षमा ३३ करोड ४२ लाख २९ हजार रुपैयाँ खर्च भएको हो । सांसदका लागि तलब, सदन र समितिका बैठक भत्ता, भ्रमण खर्च र पीएले पाउने तलब लगायतमा खर्च भएको सचिवालयले बताएको छ ।

यस्तै, सांसद तथा पदाधिकारीको आवास, फर्निचर, सञ्चार, धारा, बिजुली, निजी सचिवालय, सवारी इन्धन, मोबिल, अन्तरप्रदेश अनुभव आदानप्रदान, चियापान र कार्यालय सहयोगी तथा सवारी चालकका सेवासुविधामा खर्च भएको हो ।

गण्डकी प्रदेश सरकारले पटकपटक ऐन संशोधन गर्दै जनप्रतिनिधिको सेवासुविधा वृद्धि गराउँदै आएको थियो । गण्डकीमा तीनपल्ट सरकार बने पनि नेतृत्व भने दुई सरकारले मात्र लिए ।

संसद् सचिवालयको तथ्यांकअनुसार प्रदेश स्थापनाको वर्ष २०७४/७५ मा प्रदेशसभाका सदस्य र पदाधिकारीको पारिश्रमिक बापत १ करोड ३८ लाख ११ हजार १ सय ८८ रुपैयाँ खर्च भएको थियो ।

चालु आर्थिक वर्षमा साउनदेखि असोज तीन महिना मात्रै ४८ लाख ९९ हजार ८ सय ४० रुपैयाँ खर्च भएको छ । यस्तै, साउनयता, अन्य सुविधा फर्निचर, सञ्चार लगायतमा १६ लाख ४७ हजार ८ सय, सवारी इन्धन र मोबिलमा ४ लाख १७ हजार १ सय ६१ र स्वकीय सचिवका लागि ३७ लाख ९ हजार खर्च भएको छ ।

यस्तै चालु वर्षको तीन महिनामा सेवासुविधालगायत विभिन्न शीर्षकमा १ करोड ६ लाख ७३ हजार ८ सय ९० खर्च भएको हो । सांसदहरूले साढे ३३ करोड रुपैयाँ बजेट खर्च हुँदा प्रदेशमा सम्झनलायक काम भएको दाबी गरेका छन् ।

प्रदेश सरकारको पहिलो कार्यकाल सुरुबाट नयाँ संरचना खडा गर्दै काम गर्दा यत्तिको खर्च हुनु स्वाभाविक रहेको पूर्वसांसद विष्णुप्रसाद लामिछानेले बताए । सांसदहरूले आफ्नो कार्यकालमा सम्झनयोग्य थुप्रै काम भए पनि भौतिक पूर्वाधार भने बनाउन नसकेको स्विकारेका छन् ।

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • सुपार मादी हाइड्रोपावरको आइपिओ आउँदै image

    सुपार मादी हाइड्रोपावरको आइपिओ आउँदै

    काठमाडाैं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही मङ्सिर २० गतेदेखि प्रतिकित्ता रु...

  • अब मदिरा, चुरोट र गुट्खा उद्योगले अनिवार्य ई–बिलिङ गर्नुपर्ने image

    अब मदिरा, चुरोट र गुट्खा उद्योगले अनिवार्य ई–बिलिङ गर्नुपर्ने

    काठमाडौं । अब मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा ई–बिलिङ (विद्युतीय बीजक अर्थात कम्प्युटर बिलिङ) जारी गर्नुपर्ने भएको छ । एक सूचना जारी गर्दै आन्तरिक राजस्व विभागले त्यस्ता...

  • तीन महिनामा १६ प्रतिशतबढि रेमिट्यान्स भित्रियो image

    तीन महिनामा १६ प्रतिशतबढि रेमिट्यान्स भित्रियो

    काठमाडों । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको त्रैमासिक वित्तीय विवरणअनुसार रेमिट्यान्सको वृद्धिदर बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्सको आयात १६ प्रतिशत...

  • मंसिर १ गतेबाट मादक पदार्थ बिक्री वितरणमा रोक image

    मंसिर १ गतेबाट मादक पदार्थ बिक्री वितरणमा रोक

    काठमाडौं । आगामी मंसिर १ गते रातीदेखि मतगणना सम्पन्न नभएसम्मका लागि निर्वाचन आयोगले मादक पदार्थ बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले निर्वाचन...

 

Panauti Word 2 Kushadevi

Panauti Word 3 Kusadevi

Madhyapur Thimi Municipality Ward 2 jatigaal

Aathabis Municipality

Hotel Mount Everest