प्रदेश २ लाई सिल गर्ने तयारीमा सरकार

प्रदेश २ लाई सिल गर्ने तयारीमा सरकार image

धनषा । प्रदेश न. २ मा चार जना कोरोना संक्रमित फेला परेपछि यहाँका विभिन्न ठाउँलाई ‘हट स्पट’को रुपमा प्रदेश सरकार निगरानी बढाएको छ । केही स्थान विशेषलाई सिल गर्नेसम्मको तयारीमा रहेको प्रदेश सरकार को उच्च निगरानी बढाएर अघि बढीरहेको छ ।

संक्रमित व्यक्ति पुगेका ठाउँहरुलाई प्रदेश सरकारले ‘हट स्पट’ को रुपमा राखेर उच्च निगरानी बढाएको छ । कोरोना संक्रमण बढ्दै गएपछि र भारतीय नाकाबाट कोरोना सनत्रास फैलिएपछि आवश्यक परे ‘सिल’ पनि गरिने प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले बताए ।

कोरोना संक्रमित फेला परेका वीरगञ्जको वडानम्बर २ को पूरै भूभाग, सप्तरीको बोदेबर्साइनमा भएको मुस्लिम धार्मिक सभास्थलसहित १२ ठाउँमा सिल गर्न सकिने उनले जानकारी दिए । यी ठाउँहरुमा उच्चस्तरीय सुरक्षा समितिका पदाधिकारी तथा स्वास्थ्यकर्मीले विशेष जाँच तथा अनुगमन गर्ने भन्दै मन्त्री यादवले जुन ठाउँको अवस्था शंकास्पद देखिन्छ, त्यो ठाउँलाई तत्कालै सिल गरिने बताए ।

प्रदेश २ को वीरगञ्जमा तीन जना भारतीयमा र रौतहटमा भारतबाट आएका एक जना युवकमा कोरोना संक्रमण पुष्टि भएको छ भने यहाँ संक्रमणको जोखिम बढिरहेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • मिथिलामा ‘जुडशीतल’ को चहलपहल शुरू image

    मिथिलामा ‘जुडशीतल’ को चहलपहल शुरू

    महोत्तरी, चैत २८। नयाँ वर्ष २०८२ शुरू हुन केही दिन बाँकी छँदै मधेश प्रदेशका जिल्लामा ‘जुडशीतल’ पर्वको चहलपहल शुरू भएको छ ।महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा त्यसका लागि सरसामान जुटाउन...

  • चौतीस टन प्याज चोरी पैठारी गर्नेविरुद्ध मुद्दा दायर image

    चौतीस टन प्याज चोरी पैठारी गर्नेविरुद्ध मुद्दा दायर

    वीरगञ्ज । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले ३४ टन प्याज चोरी पैठारी गर्ने तीन जनाविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद...

  • वीरगञ्ज सुक्खाबन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई image

    वीरगञ्ज सुक्खाबन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

    पर्सा । वीरगञ्ज सुक्खा बन्दरगाह (इन्ल्यान्ड क्लियरेन्स डिपो)को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष...

  • पन्ध्र दिनमा १३ क्विन्टल गाँजा बरामद image

    पन्ध्र दिनमा १३ क्विन्टल गाँजा बरामद

    महोत्तरी । महोत्तरीमा पन्ध्र दिनयता करिब १३ क्विन्टल लागुऔषध गाँजा बरामद गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो बर्दिबासको सक्रियतामा गाँजा बरामद गरिएको हो ।पहाडी जिल्लाम लुकाइछिपाइ ल्याएको गाँजा बरामद...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.