भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

कोरोना कहर : विपन्न मजदुरलाई ‘एटीएम’बाट चामल वितरण

कोरोना कहर : विपन्न मजदुरलाई ‘एटीएम’बाट चामल वितरण

काठमाण्डौ । कोरोना भाइरस (कोभिड १९) को महामारीबाट सबैभन्दा बढी प्रभावित भएका मानिसलाई ‘राइस एटीएम’बाट भियतनामभरि चामल वितरण गर्ने व्यवस्था मिलाएको छ । अहिलेसम्म दुई सय ६५ जनामा कोरोना सङ्क्रमण देखिएको भियतनाममा कसैको पनि ज्यान गएको छैन ।

कोरोनाको सङ्क्रमण बढ्न नदिन सरकारले व्यक्ति–व्यक्तिबीचको दुरीलाई कडाइपूर्वक कार्यान्वयनमा ल्याएको छ । साना पसल र व्यवसाय बन्द गरिएको छ भने हजारौँले काम छोडेका छन् । कोरोनाको कारण कामविहीन भएकाहरुका लागि विभिन्न व्यापारी र दाताहरुले शहरको कैयौँ ठाउँमा एटीएमबाट सित्तैमा चामल वितरण गरिरहेका छन् ।

हनोईमा प्रत्येक दिन बिहान पानी बोक्ने ट्याङ्करले चामल ल्याउने र बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म वितरण गरिने समाचार एजेन्सी भीएनएले जनाएको छ । ‘एटीएमबाट चामल लिन लाइनमा लागेकाहरुले एकअर्कामा ६ फिटको दुरी कायम गरिएको छ । चामल थैलामा भर्नुअघि अनिवार्य रुपमा स्यानिटाइजरको प्रयोग गरिने व्यवस्था मिलाइएको छ ।

हो ची मिन्हमा रहेको राइस एटीएम हप्ताको सातै दिन चौबिसै घण्टा सञ्चालनमा ल्याइएको समाचार एजेन्सीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.