भर्खरै : Sorry, your browser does not support inline SVG.
रास्वपा बन्दसत्रमा बहसविनै प्रतिवेदन पारित, प्रतिनिधिहरूको गुनासो – ‘महाधिवेशन नेतामुखी बन्यो’ | विश्वकप फाइनलमा ट्रम्पको विशेष उपस्थिति, इन्फान्टिनोसँग मिलेर ट्रफी हस्तान्तरण गर्ने | मनसुनी वायु विस्तार हुँदै, आज यी प्रदेशमा वर्षा र चट्याङ्गको सम्भावना | बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक | सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ | वीरगन्जबाट काठमाडौं आउँदै गरेको ट्रकमा १.२ लाख ट्रामाडोल क्याप्सुल फेला | सिन्धुपाल्चोकबाट २ करोड ६९ लाख रुपैयाँभन्दा बढीका अवैध भेप बरामद | मनसुन प्रवेशसँगै गण्डकीमा भारी वर्षा, कोशीका केही क्षेत्रमा आज पनि ठूलो पानी पर्ने सम्भावना |

प्रधानमन्त्री मोदीविरुद्ध विपक्षीले अविश्वास प्रस्ताव दर्ता गरे

प्रधानमन्त्री मोदीविरुद्ध विपक्षीले अविश्वास प्रस्ताव दर्ता गरे

भारत । प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध भारतीय कांग्रेसले अविश्वास प्रस्तावको सूचना दर्ता गराएको छ । सभाका अध्यक्ष ओम बिरलाले अविश्वास प्रस्तावको सूचनालाई दर्ता गराउन स्वीकृति दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कांग्रेसका सचेतक मनिकम टेगोरका अनुसार विपक्षी दलको तर्फका कांग्रेसका सांसद गौरव गोगोईले अविश्वासको प्रस्ताव पेस गर्नेछन् । अविश्वासको प्रस्तावमा सबै विपक्षी सांसदको समर्थन रहेको कांग्रेस आईको दाबी छ । सन् २०१८ मा नरेन्द्र मोदी सरकारको विरुद्ध विपक्षीले अविश्वास प्रस्ताव ल्याएको थियो ।

सदनमा ११ घण्टा लामो छलफलपछि अन्ततः मोदी सरकारले सदनमा आफ्नो बहुमत पुर्‍याएको थियो । मणिपुर हिंसामा सरकारले अभिभावकीय भूमिका खेल्न नसकेको र देशमा निरङ्कुशता हाबी भएको भन्दै विपक्षीले मोदीविरुद्ध अविश्वास प्रस्तावको सूचना दिएको जनाइका छन् ।

अविश्वासको प्रस्तावमाथिको छलफल र मतदानको मिति छलफलबाट टुङ्गो लाग्नेछ । प्रधानमन्त्री मोदीसँग बहुमत भएकाले अविश्वासको प्रस्ताव पास हुने सम्भावना भने नरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.