प्रादेशिक क्रिकेट प्रतियोगिता : नवलपुर ३७ रनले विजयी

प्रादेशिक क्रिकेट प्रतियोगिता : नवलपुर ३७ रनले विजयी

कास्की । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नवलपुर विजयी भएको छ । नवलपुरले तनहुँलाई ३७ रनले पराजय गरेको हो । गण्डकी प्रदेश क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि प्रदेशको पुरुष टोली छनोट गर्न पुस ३ देखि पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन गरेको हो । खेलमा टस जितेर ब्याटिङ रोजेको नवलपुरले निर्धारित ५० ओभरको खेलमा ४४ दशमलव एक ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेको थियो ।

जीतका लागि १६९ रनको लक्ष्य पछ्याएको तनहुँले सम्पूर्ण विकेट गुमाउनुअघि १३१ रन मात्रै जोड्न सफल भएको भयो । नवलपुरका मञ्जिल न्यौपाने ३५, सनम बुढाथोकी २३ तथा सन्देश बस्नेतले २० रन बनाउनुभयो । तनहुँको बलिङतर्फ राजु गुरुङ, सुशील गिरी र कुरुण सिरमलाले समान दुई÷दुई विकेट लिनुभयो भने विनय भण्डारी र सचिन अधिकारीले एक÷एक विकेट लिनुभयो । तनहुँको ब्याटिङमा समिर कँडेलले सर्वाधिक ६७ रनको बनाउनुभयो । नवलपुरका विज्ञान गौतम तीन, राहुल शर्मा दुई तथा विवेक दराई र कमल परियारले एक÷एक विकेट लिनुभयो । खेलमा महत्वपूर्ण तीन विकेट लिन सफल नवलपुरका गौतम ‘म्यान अफ द म्याच’ घोषित हुनुभएको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.