भारतद्वारा फेरी सीमा नजिककाे भूमि कब्जा गर्ने प्रयास

भारतद्वारा फेरी सीमा नजिककाे भूमि कब्जा गर्ने  प्रयास image

९ असार २०७७ फिदिम । फालेलुङ गाउँपालिका–६ आहालमा पर्ने एक पर्यटकीय क्षेत्र कब्जा गर्न भारतले सीमा अतिक्रमण गर्न खोजेको छ । सरकारी अध्ययन टोलीले निष्कर्ष निकाल्दै नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको उक्त स्थान पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेकाले उक्त स्थानलाई आफ्नोतर्फ पारेर लाभ लिने मनसायले भारतीय पक्षले कब्जाको प्रयास गरेको निष्कर्ष निकालेको हो ।

भारतले नेपाली भू–भागमा भौतिक संरचना निर्माण अवरोध गर्नुका साथै स्थानीयवासीलाई मानसिक तनाव दिएको अध्ययन टोलीको प्रतिवेदनमा उल्लेख छ । उक्त स्थानबाट पूर्वतर्फ भारतमा संरक्षित क्षेत्रका रूपमा सिंहलीला राष्ट्रिय निकुञ्ज रहेको र उक्त स्थानमा भौतिक संरचना निर्माण गर्न नसकिने भएपछि भारतीय पक्षले नेपाली भूभाग कब्जा गर्न खोजेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

गत वैशाख अन्तिम साता उक्त स्थानमा सङ्ग्रहालय निर्माणमा भारतीय पक्षले अवरोध गरेको थियो । भारतीय वन कर्मचारीको स्वार्थअनुसार उक्त क्षेत्रलाई भारततर्फ पार्न भारतीय सीमा सुरक्षा बलले नेपालमा अनावश्यक दबाब दिने गरेको अध्ययन टोलीले प्रतिवेदनमा उल्लेख गरेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda