भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

फोहोरबाट आम्दानी गर्दै महाकाली अस्पताल

फोहोरबाट आम्दानी गर्दै महाकाली अस्पताल

कञ्चनपुर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले फोहोरबाट आम्दानी गर्न थालेको छ। अस्पतालमा उत्पन्न हुने फोहोर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो। प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोत्तल, प्रयोग गरेका पञ्जालाई अस्पतालले आम्दानीको स्रोतमा बदलेको छ। अस्पतालमा उत्पादन हुने फोहोर समस्या नभएर आम्दानीको स्रोतको रुपमा प्रयोग गरिएको अस्पतालको फोहोरमैला व्यवस्थापन केन्द्रमा कार्यरत कर्मचारी मीरा चौधरीले बताइन्।

‘फोहर सङ्कलन गरेर राख्छौँ, सङ्क्रमण हुनसक्ने सामग्रीको निर्मलीकरण गर्ने गरेका छौँ’, उनले भनिन्, ‘फोहोर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने सामग्री सबै छुट्याएर राखिन्छ।’ उनका अनुसार कुहिने र नकुहिने तथा जोखिम र बिना जोखिमको सामग्री छुट्याएर बिक्री गर्ने गरिएको छ।

‘एकातर्फ अस्पतालको वातावरण स्वच्छ र सफा भएको छ, अर्कोतर्फ आम्दानी पनि भइरहेको छ’, उनले भनिन्, ‘फोहर बिक्री गरेर महिनामा १५/२० हजार आम्दानी हुन्छ।’

पुनः प्रयोग गर्न सकिने सामग्री बिक्री हुने गरेको छ। अहिले खरिद गर्ने धेरै नभएकाले सस्तोमै बिक्री गर्नु परिरहेको उनका भनाइ छ। फोहोर व्यवस्थापन केन्द्रमा दुई कर्मचारी कार्यरत छन्।

‘जोखिम र बिना जोखिमको फोहोर छुट्याइन्छ, जोखिमयुक्त फोहरलाई निर्मलीकरण गरिन्छ’, गोमती बोहराले भनिन्, ‘कुहिने, नकुहिने, प्लास्टिक, कागज, सिरिन्ज सबै छुट्याएर अलगअलग राखिन्छ।’ सुरुमा सङ्कलन गरेको फोहोर छुट्याउन समस्या भए पनि अहिले भने सहज भएको उनले बताइन्। अस्पतालमा एक महिनामा सात/आठ क्विन्टल फोहोर उत्पादन हुने गरेको छ।

जसमध्येको पुनःप्रयोग गर्न मिल्ने आधा भन्दा बढी फोहर अस्पतालले बिक्री गर्ने गरेको छ। बिक्री नभएको सामग्री भीमदत्त नगरपालिकाको फोहर सङ्कलन गर्ने गाडीमा व्यवस्थापन गरेर पठाउने गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.