भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

बंगलादेशको ‘भेन्चुरिनी’ नेपाल भित्रियो, कलाकारले गरे उद्घाटन

बंगलादेशको ‘भेन्चुरिनी’ नेपाल भित्रियो, कलाकारले गरे उद्घाटन

काठमाडौं  । अन्तर्राष्ट्रिय बजारमा ख्याती प्राप्त इटालियन ब्रान्ड भेन्चुरिनी नेपाल भित्रिएको छ । नवसमृद्धि इन्टरप्राइजेजले इटालियन डिजाइन र बंगलादेशको उत्पादन भेन्चुरिनी नेपाल भित्र्याएको हो । काठमाडौंको दरबारमार्गमा औपचारिक कार्यक्रमको आयोजना गरी भेन्चुरिनीको शो–रुम उद्घाटन गरिएको छ । कलाकारहरू ऋचा शर्मा, नीति शाह, प्रशान्त ताम्राकार र एलिजा गौतमले भेन्चुरिनीको शो–रुम उद्घाटन गरेका हुन् । एशियाको दोस्रो ठूलो उत्पादन कम्पनी भेन्चुरिनीलाई नेपालमा पहिलोपटक ल्याइएको हो ।

उद्घाटन कार्यक्रममा अभिनेत्री ऋचा शर्माले अन्तर्राष्ट्रिय ब्रान्डहरू नेपालमा आउदा ती उत्पादनसँग परिचित हुने मौका मिल्ने बताइन् । दरबारमार्गस्थित वान दरबार मलमा राखिएको शो–रुममा जुत्ता, पर्स, बेल्ट, सेन्डल र ब्याग (झोला) उपलब्ध रहेको भेन्चुरिनीलाई नेपाल भित्र्याउने कम्पनी नवसमृद्धि इन्टरप्राइजेजका अध्यक्ष राजु थापाले बताएका छन् । ‘फुटवेयर र लेदरका उत्पादनहरू, पार्टी वेयर, फर्मलदेखि क्याजुअलसम्मका सामग्रीहरू चाँडै उपलब्ध हुनेछन्, सबै उमेर समूहलाई लक्षित गरेर भेन्चुरिनीका उत्पादन उपलब्ध गराउने छौँ,’ थापाले भने । नवसमृद्धि इन्टरप्राइजेजका निर्देशन सुरज केसीका अनुसार भेन्चुरिनी ब्रान्डलाई देशका १० सहरमा पु¥याइने छ।

एक महिनाभित्र पोखरामा भेन्चुरिनी विस्तार गरिने छ,’ केसीले भने, ‘चितवन, विराटनगर, धरान, बिर्तामोड, वीरगञ्ज, नेपालगञ्ज, धनगढी, हेटौँडा र बुटवलमा एक वर्षभित्र विस्तार गरिने छ।’ इटालियन प्रिमियम ब्रान्ड तथा बंगलादेशको उत्पादन भेन्चुरिनी ब्रान्डको प्रयोगबाट नेपाली उपभोक्ताले लाभ लिन सक्ने नवसमृद्धिका निर्देशक सुदिपचन्द्र बख्रेलले बताए । कोरोना प्रकोपका कारण व्यापारको शैली बदलिएकाले अब अनलाइनमार्फत् पनि भेन्चुरिनी ब्रान्ड उत्पादनहरू बिक्री वितरण गरिने उनले बताए ।

कलाकारहरूको धारणा …
भेन्चुरिनीको शो–रुम उद्घाटन गर्दै कलाकार ऋचा शर्माले नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डको विस्तार समयानुकूल रहेको धारणा राखिन् । विश्वव्यापीकरणको प्रभाव स्वरुप अन्तर्राष्ट्रिय बजारमा उपलब्ध सामग्री नेपाली बजारमा परिचित गराउँदा उत्पादन र उपभोक्तालाई लाभ हुने शर्माको धारणा छ ।

मोडल तथा अभिनेत्री नीति शाहले अन्तर्राष्ट्रिय बजारका उत्कृष्ट उत्पादनहरूलाई नेपालमा आउँदा उपभोक्ता लाभान्वित हुने धारणा राखिन् । त्यसैगरी, अभिनेत्री एलिजा गौतम र कलाकार प्रशान्त मालाकारले भेन्चुरिनी अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय ब्रान्ड रहेकाले नेपाली उपभोक्ताको मन जित्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रमको संयोजन नेक्स्ट मोडल नेपालले गरेको हो । नेक्स्ट मोडल नेपालका अध्यक्ष रवि धमलाले एशियाको दोस्रो ठूलो उत्पादन कम्पनी भेन्चुरिनी ब्रान्ड नेपाली उपभोक्ताको मन जित्ने विश्वास व्यक्त गरे । ‘फेन्चाइज रुपमा नेपाल भित्रिएको भेन्चुरिनी ब्रान्डले गुणस्तरलाई उच्च प्राथमिकतामा राखेकाले उपभोक्ताले अधिक लाभ लिन सक्नेमा विश्वस्त हुन सकिन्छ,’ धमलाले भने ।

 


Thali Mobile Pvt.Ltd.