भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

बाँकेको नरैनापुरमा आगलागीबाट ११ घरगोठ जलेर नष्ट, १७ लाख रुपैयाँभन्दा बढीको क्षति

बाँकेको नरैनापुरमा आगलागीबाट ११ घरगोठ जलेर नष्ट, १७ लाख रुपैयाँभन्दा बढीको क्षति

बाँके । बाँकेको नरैनापुर गाउँपालिका–५ को जमुनहा गाउँमा हिजो आगलागी हुँदा ११ वटा घर र एउटा गोठ जलेर नष्ट भएको छ । आगलागीबाट १७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागीबाट जब्बर खाँ, रञ्जु यादव, बिहारीलाल कुम्हर, सलमान खाँ, राजकरण कुम्हार लगायत ११ जनाको घर र फकिरे खाँको गोठमा पूर्ण क्षति पुगेको भगवानपुरका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । दिउँसो १२ बजेदेखि सुरु भएको आगलागी ३ बजे नियन्त्रणमा आएको थियो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, गाउँपालिकाको दमकल, नेपालगञ्जको दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाइएको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।पीडितहरुलाई पालिकाका तर्फबाट सहयोग गर्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.