भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

बाढीको चेतावनी, सचेत रहन सबैमा आग्रह

बाढीको चेतावनी, सचेत रहन सबैमा आग्रह

काठमाण्डौ । बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले देशभर पानी परेको छ । देशका धेरै ठाउँमा पानी परेपछि मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको हो ।
सिन्धुलीको सिन्धुलीमाडी र सिन्धुलीगढी क्षेत्रमा मुसलधारे पानी परेको छ ।

स–साना खोलामा जलसतह केही बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको हुनाले सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ । देशैभर एकैसाथ ठूलो पानी पर्ने र झरीको सम्भावना नभए पनि ठाउँठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ । बुधवार काठमाण्डौसहितका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

विशेष गरेर कोशी, बाग्मती, गण्डकी र लुम्बिनीका केही ठाउँमा अहिले ठूलो पानी परेको छ । दाङ, बाँके, कास्की, गोरखा, चितवन, सिन्धुली, नुवाकोट, बारा, सोलुखुम्बु, इलाम लगायतका ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.