भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

बाढीको जोखिम बढेकाले सजग रहन बाढी पूर्वानुमान महाशाखाको अनुरोध

बाढीको जोखिम बढेकाले सजग रहन बाढी पूर्वानुमान महाशाखाको अनुरोध

काठमाण्डौ । ठूलो वर्षा भएपछि झापा, मोरङ र सुनसरीका बासिन्दालाई सजग रहन आग्रह गरिएको छ । झापा, मोरङ, सुनसरी भइ बहने स–साना खोलाहरुमा आकस्मिक बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।

मोरङको लेटाङ, सुनसरीको सप्तकोशी चतारा वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टामा ठूलो वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। यता महाकाली नदीमा जलसतह सतर्कता तह आसपास पुग्ने सक्ने सम्भावना रहेकाले सोमबार र म.गलबार सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सोमबार इलाम, झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बैतडी र आसपास भइ बहने साना नदी तथा खोलाका बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.