बाढी पहिरोबाट क्षति पुगेपछि हुम्लाको सर्केगाड गाउँपालिकाका दुई गाउँ सञ्चार सम्पर्कबाट टुटे

बाढी पहिरोबाट क्षति पुगेपछि हुम्लाको सर्केगाड गाउँपालिकाका दुई गाउँ सञ्चार सम्पर्कबाट टुटे

काठमाडौं । हुम्लाका दुई गाउँमा बाढी पहिरोले क्षति पुर्‍याएको छ । हुम्लाको सर्केगाड गाउँपालिकाका दुई गाउँमा बाढी र पहिरो जादा क्षति पुर्‍याएको हो ।
पहिरोबाट घर, जलविद्युत आयोजना, बाटोलगायत संरचनामा क्षति पुगेको छ भने मानवीय क्षति नभएको हुम्ला प्रहरीले जनाएको छ ।

सर्केगाड गाउँपालिकाको वडा नम्बर २ का रिप र वडा नम्बर ८ सर्केदेउ गाउँमा पहिरो जाँदा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रिप गाउँमा दुई वटा खोलाको बाढी गाउँमा पसेपछि २५ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

गत शुक्रबार नै बाढीले गाउँहरु खतरामा परेको सूचना आएपछि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली त्यसतर्फ प्रथान गरेको थियो । जलविद्युत आयोजना बगाउँदा संचार सम्पर्क पनि टुटेको छ भने पहिरोले बाटो बगाउँदा प्रभावित स्थानमा पुग्न मुश्किल भएको छ ।

 


Thali Mobile Pvt.Ltd.