भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

बिदामा नबस्न स्वास्थकर्मीलाई निर्देशन

बिदामा नबस्न स्वास्थकर्मीलाई निर्देशन

काठमाडौं । नोवल कोरोना भाइरसबाट सर्वसाधारणलाई सर्तक राख्ने र चेतना जगाउने कार्यमा खट्नुपर्ने भएकोले जिल्ला जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन दिएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालयक, प्राथमिक स्वास्थ्य कार्यालय र स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यर्मीलाई बिदामा नवस्न निर्देशन दिईएको हो । यसैबीच बारा कलैया अस्पताल प्रतिनिधि र १६ वटै स्थानीत तहमा रहेका स्वास्थ्य शाखा प्रमुखहरूसँग बिहीबार जिल्ला प्रशासन कार्यालय कलैयामा गरिएको छलफलपछि स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन दिइएको जनाएको छ ।

कोरोना भाइरस फैलन नदिन जिल्लाका १३ स्थानमा हेल्प–डेस्क स्थापना गरिएको अवस्थामा स्वास्थ्यर्मीहरू बिदामा बस्दा डेस्कमा खटिने जनशक्ति अभाव हुने भएकाले स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन गर्नुपरेको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए।

 


Thali Mobile Pvt.Ltd.