भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

बुहारीलाई बेल्टै बेल्टले निर्घात कुटी यातना दिने ससुरा अछामको भएको खुलासा

बुहारीलाई बेल्टै बेल्टले निर्घात कुटी यातना दिने ससुरा अछामको भएको खुलासा

२३ असार २०७७ काठमाडौं । सामाजिक सञ्‍जाल फेसबुकमा एक युवतीलाई ढाडमा बाँध्ने बेल्टले नराम्ररी पिटिरहेको भिडियो भाइरल भैरहेको थियो । निर्घात कुटपिट गरिरहेको भिडियोमा युवतीले चिच्या चिच्याइ रोइरहेको र गुहार मागिरहेको देखिन्थ्यो । उक्त महिला हिंसाको भिडियो सार्वजनिक भएपछि प्रहरीले खोजतलास ग¥यो ।

सो भिडियो अछाम जिल्लाको रहेको र महिलामाथि कुटपिट गर्ने व्यक्ति ससुरा भएको खुल्न आएको छ । मंगलबार नेपाल प्रहरीले घटनाबारे अनुसन्धान थालेर पत्ता लगायो । जिल्ला प्रहरी कार्यालय अछामले छानबिन अगाडि बढाइएको छ । प्रहरीको अनुसन्धानमा उक्त घटनामा संलग्न परिवार हाल भारतमा बसोबास गरिरहेको खुलेको छ । मानिस अछामको भएको र घटना अछाममा नभई भारतको महाराष्ट्रमा घटेको खुल्न आएको हो ।

 


Thali Mobile Pvt.Ltd.