३१ वैशाख २०७७ भक्तपुर । भक्तपुरमा दुई जना कोरोना संक्रमित मध्ये पुरुष सशस्त्र प्रहरी रहेको खुलेको छ । भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमित २७ वर्षीय पुरुष भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटस्थित घरमा बस्दै आएका उनी नेकपा नेता भीम रावल गृहमन्त्री हुँदा सुरक्षा टीमका सदस्य रहेको बुझिएको छ । उनको ट्राभल हिस्ट्री लिने काम जारी रहेको प्रहरीको भनाई छ ।
मध्यपुरथिमी नगरपालिका–९ मा बस्दै आएकी २५ वर्षिया महिला लकडाउनका बेला सुनसरीबाट भक्तपुर आएकी बुझिएको छ । अहिले दुवै संक्रमित रहेका स्थानलाई सिल गरेर निगरानी बढाइएको भक्तपुर प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन ।
नाम समेत सार्वजनीक गरेर केही मानिसले सामाजिक संजालमा पाेष्ट गरेकाे कुरा गलत रहेकाे भक्तपुरका प्रहरी प्रमुख सविन प्रधानले बताए । उनले काेराेना संक्रमण फैलन नदिन सतर्क रहन आग्रह गरेका छन् ।
लकडाउनमा नागरिक सचेतता खाेइ ?
दुई जनासंक्रमित भएसंगै नागरिकहरु बाहिर घुमिरहेका दृश्यहरू पनि देखिएका छन् । नगरपालिका र प्रहरीले आवत जावतमा रोक लगाएपनि स्थानीय नागरिक भने बलमिच्याई गरिरहेका दृश्यहरु देख्न पाईन्छ ।
भिडियाे …जिम्मेवार काे ?
यदि नागरिक सचेत भएनन् भने भक्तपुरमा झन भयावह स्थिति आउने निश्चित छ । केहि दिन अघि मात्रै एम्वुलेन्स रिर्जभ गरेर सुन्सरीबाट भक्तपुर आएको थियो । रातीको समयमा आएको एम्वुलेन्स राती नै फर्किएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । २०७२ सालको विनाशकारी भूकम्पपछिको पुनःनिर्माण यात्रा एक दशकमा प्रवेश गरेको सन्दर्भमा “पुनःनिर्माणको एक दशकको पुनरावलोकन” तथा अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौं उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक...
विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको चैत महिनासम्म समग्र आम्दानीमा ६।२ प्रतिशतको वृद्धि गरेको छ। यस वर्ष चैत मसान्तसम्मको आम्दानी २० अर्ब १२ करोड ५ लाख पुगेको...
काठमाण्डौ । भारत र पाकिस्तानबीचको सम्बन्ध अहिले एक नया संकटको मोडमा पुगेको छ। जम्मू–कश्मीरको पहलगाम क्षेत्रमा भएको आतङ्ककारी आक्रमणले दुई परमाणु शक्ति सम्पन्न देशहरूको बीचमा तनावलाई अझ चर्काएको छ।...
काठमाडौँ । नेपाल चिकित्सक सङ्घले शुक्रबारदेखि आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले जारी गरेको विज्ञप्तिमा निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज र क्लिनिकमा सघन उपचार...