भर्खरै : Sorry, your browser does not support inline SVG.
इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह | पालिकाहरूमा नीति कार्यक्रम र बजेट तर्जुमाको लागि स्थलगत सहजीकरण टोली गठन | जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको मृत्यु |

भक्तपुर अस्पतालमा विशिष्ट सेवा प्रवाह

भक्तपुर अस्पतालमा विशिष्ट सेवा प्रवाह

भक्तपुर । भक्तपुर असपतालले सेवाग्राहीलाई थप विशिष्ट सेवा दिने भएको छ । प्यालिएटिभ तथा ज्येष्ठ नागरिक वार्ड स्थापना गरेर यो सेवा दिन लागिएको अस्पताल प्रशासनले जनाएको छ ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठलाई उद्घाटन गरिदिनका लागि निम्तासमेत दिइसकिएको भक्तपुर अस्पतालका कर्मचारी बताउँछन् । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको नसर्ने रोग पहिचानका लागि परीक्षण, परामर्श र व्यवस्थापनअन्तर्गत उक्त वार्ड संचालन गरिदैछ ।

प्यालिएटिभ केयर तथा ज्येष्ठ नागरिक वार्डमा विपन्न नागरिक र लोपोन्मुख समुदायलाई स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने वताइएको छ । भक्तपुर अस्पताल विशिष्टकृष्त सामुदायिक अस्पतालको रुपमा रहेको छ ।

डाक्टर र चिकित्सकको असल व्यवहारले बिरामीको आधा रोग निको हुने र आत्मबल बढ्ने गरेको सेवाग्राहीले बताएका छन् । तर सबै रोगको सहज र छिटो छरितो उपचार गर्न अस्पतालमा अझैं जनशक्तिको भने अभाव देखिएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.