भर्खरै : Sorry, your browser does not support inline SVG.

भण्डारीको उपचार नेपालमा सहज नहुने : अस्ताल

भण्डारीको उपचार नेपालमा सहज नहुने : अस्ताल

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ । बुधबार राति ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएका उनलाई थप उपचारका लागि भारत लगिने भएको हो ।

सांसद भण्डारीको २५ देखि ३० प्रतिशत जलेको र उनकी आमा ८७ वर्षीय हरिकला भण्डारीको शरीरको ७० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए ।

विस्फोटपछि भएको आगलागीमा परेकी आमालाई बचाउने क्रममा नेता भण्डारीको शरीरमा पनि आगो लागेको थियो । उनीहरू दुवैको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै थप उपचार नेपालमा सहज नहुने भएकोले दुवै जनालाई देश बाहिर लगी उपचार गर्न सिफारिस गरिएको उल्लेख गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.