आग्रा । कार दुर्घटनामा परि ३ जना नेपालीको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा बाग्लुङका पुरुष र जनकपुरको एक महिला रहेको बुझिएको छ ।
घाइते पाँच जनालाई दिल्लीको एआइआइएम् अस्पतालमा भर्ना गरिएको छ । आग्राबाट आउँदै गरेको कार ट्रकसँग ठोकिएर दुर्घटना भएको प्रहरीले बताएको छ ।