भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

भूमि आयोगद्वारा छम्पीका भूमिहीनलाई निस्सा वितरण

भूमि आयोगद्वारा छम्पीका भूमिहीनलाई निस्सा वितरण

पाटन । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिका–९ छम्पीका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनका अनुसार छम्पीका २३ भूमिहीन परिवारलाई निस्सा वितरण गरिएको हो ।

समितिले यसअघि बागमती, कोन्ज्योसोम, महाँकाल गाउँपालिकाका साथै गोदावरी–३, ७ र १२ का भूमिहीनलाई निस्सा वितरण गरिसकेको छ ।निस्सा वितरण गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा ललितपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले नेपाली भूमिमाथि सबै नेपालीको अधिकार रहेको बताए । “लोकतन्त्र र मानवतामा कोहीको भूमि हुने, कोहीको नहुने भन्ने हुँदैन ।

कसैको घटी, कसैको बढी होला । तर सबै नेपालीको भूमिमाथि अधिकार हुनुपर्छ”, उनले भने ।पहिलोपटक विपी कोइराला नेतृत्वको निर्वाचित सरकारले भूमिसुधार लागू गरेको उल्लेख गर्नुहुँदै नेता राणाले तीन–चारपटक भूमि सुधार नीति अगाडि बडेको तर्क गरे ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले दुई महिनाभित्र नगरपालिकाका सबै वडामा निस्सा वितरणको काम सम्पन्न गर्ने बताए । भूमि आयोग जिल्ला समिति सदस्य रमेशप्रसाद घिमिरेले आयोगले सक्रियताका साथ काम गरिरहेको उल्लेख गर्दै पहिले सुकुम्बासी पहिचान गर्ने र प्रमाणित भएपछि स्थानीय तहले उपलब्ध गराएको स्थानमा जग्गाधनी पुर्जा वितरण गरिने बताए । निस्सा वितरण कार्यक्रममा नगरउपप्रमुख मुना अधिकारी, वडाध्यक्ष आत्मराम थापालगायतको उपस्थिति थियो ।

 


Thali Mobile Pvt.Ltd.