भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

भ्रमण वर्ष २०२० सफलपार्न चाँगुनारायण नगरकोट पदयात्रा

भ्रमण वर्ष २०२० सफलपार्न चाँगुनारायण नगरकोट पदयात्रा

भक्तपुर । नेपाल भ्रमण वर्ष २०२० सफलपार्न नगरकोट नाल्दुम पर्यटन विकास समितिले चाँगुनारायण नगरकोट पदयात्रा सम्पन्न गरेको छ । नगरकोट पुग्ने पर्यटकका लागि पदलमार्गको पहिचान गरी पदयात्रा सम्पन्न गरेको हो । विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिर परिक्रमा गरि ३ नं प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन गरेसंगैं पदयात्राको सुरुवात भएको हो ।

पर्यटकीय नगरी भक्तपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउन ऐन कानून वाधक बने त्यसलाई संसोधन गरेर पनि यसको विकास गरिने श्रेष्ठले बताए । नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयवासी विभिन्न संघ सस्था, आन्तरीक र वाह्य पर्यटकसहित आठ किलोमिटर लामो पदयात्रामा भएर नगरकोटकोटको होटेल प्याराडाईस पुगेर सभामा परिणत भएको थियो ।

स्वदेशी तथा विदेशी पर्यटकले चाँगुनारायण नगरकोटका विभिन्न सम्पदा क्षेत्र, हिमाली दृश्य, ग्रामीण जनजीवनको अवलोकनसमेत गरे । जङ्गली पशुपक्षीको दृश्यावलोकन गर्दै जंगलभित्रका मनोरम दृश्यसंग आनन्द समेत लगेका थिए । नगरकोट पुगेर सम्पन्न भएको पदयात्रामा सभालाई सम्वोधन गर्दै समितिका उपाध्यक्ष धनबहादुर लामाले आगामी जनवरी १ मा नगरकोटबाट ‘सूर्यको पहिलो झुल्को’ भन्ने नाराका साथ भव्य कार्यक्रम गरिने जानकारी दिए ।

पर्यटन प्रवद्धनका लागि आगामी माघ ११ गतेदेखि तीन दिनसम्म नगरकोटमा भव्य महोत्सव आयोजना गरिने भन्दै भ्रमण वर्ष सफल पार्न विभिन्न सम्पदाको सफाइ समेत गरिएको उनको भनाई छ । नगरकोट नाल्दुम पर्यटन विकास समितिको अभियानमा भएको पदयात्रामा हजारौंको सक्रिय सहभागिता रहेको थियो ।

पुरातात्विक, ऐतिहासिक स्थलबाट पदयात्रा शुरु हुनु पर्यटन वर्षका लागि गौरबको विषय भएको सहभागिले बताए । नेपाल भ्रमण वर्ष २०२०को सफलताका लागि पर्यटकलाई मुस्कानले स्वागत गर्नुपर्ने समितिका नविन गुरुण, प्रदिप अधिकारी, रोहित मोक्तानले बताए । नगरकोटमा आउने लाखौँ विदेशी पर्यटकले पदयात्रा पनि गर्ने विश्वास लिएको उनीहरुको भनाई छ । चाँगुनारायण–तेलकोट हुदै पदयात्री नगरकोट पुगेका थिए । नगरकोटमा जनप्रतिनिधिसमेतले स्वागत गरेको थिए ।

होटल प्याराडाईस
आधुनिक र सुविधा सम्पन्न होटल प्याराडाइज भिल्लामा कार्यक्रमको समापन गरियो । समापन पूर्व पदयात्रीले सोही होटलमा खाना खाए । स्वादिष्ट खानाका साथ पदयात्रीले सुन्दर दृश्यको अवलोकन गर्न पाए । तीन सय साठी एण्गलकाे भिउमा हिमाली मनोरम दृश्यावलाेकन पदयात्रीकाे मुख्य आकर्षणको केन्द्र बन्याे ।

 


Thali Mobile Pvt.Ltd.