भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मुसिकोटकाे वडा न ९ मा घुम्ती सेवा हुँदै

मुसिकोटकाे वडा न ९ मा घुम्ती सेवा  हुँदै image

रूकुम । मुसिकोट नगरपालिका वडा न ९ मा एकीकृत घुम्ती सेवा अभियान सन्चालन हुँदैछ । वडा समितिको बैठकले वडामा रहेका टोल टोल बस्ती बस्तीमा पुगेर आम समुदायकको घरदैलोबाटै सेवा दिने निर्णय गरेको हो।

एकीकृत घुम्ती सेवा अभियानबाट भरपुर सेवा लिन सबै वडावासीलाई वडा ले अाग्रह  गरेकाे छ।

प्रदान गरीने सेवाहरु
१. वडा कार्यालयबाट पाउने विभिन्न प्रकारका सम्पुर्ण सिफारीस तथा प्रमाणीतहरु ।
२. वडा कार्यालयमा हुने व्यक्तीगत घटना (जन्म, मृत्यु, विवाह, बसाइसराइँ, सम्बन्ध विच्छेद) दर्ता सम्बन्धी सम्पुर्ण कामहरु ।
३. सम्पती कर र मालपोत वा जग्गाको तिरो संकलन गर्ने काम ।
४. निशुल्क स्वास्थ्य चेक जाँच तथा निशुल्क औषधि वितरण ।
५. निशुल्क जीव जनावरको चेक जाच तथा औषधी वितरण (गाई भैसि बाख्रा चल्ला लगायत)
६. जेष्ठ नागरीक, विधुवा तथा एकल महीला, अपाङ्ग तथा असक्त व्यक्ति र दलित बालबालीकाले पाउने सामाजीक सुरक्षा भत्ता प्रयोजनको लागि निवेदन संकलन ।

स्थान, मिति र समय

१ मंसिर ०८ गते आइतबार कामिगाउँ टोल विकास संस्थाको हिलको विद्यालयमा बिहान १० बजे देखि ४ बजे सम्म

२ मंसिर ०९ गते सोमबार होल लिङगुर टोल विकास संस्थाको लिङगुर डाँडामा बिहान १० बजे देखि ४ बजे सम्म

३ मंसिर १० गते मंगलबार नमुना टोल विकास संस्था चौखावाङको गाउँघर क्लिनिक भवनमा बिहान १० बजे देखि ४
४ मंसिर ११ गते बुधबार स्वारा कुन्सीम्ला टोल विकास संस्थाको कुन्सीम्लामा बिहान १० बजे देखि ४ बजे सम्म
५ मंसिर १२ गते विहीबार होल्तारा अदुवारी टोल विकास संस्थाको वडा कार्यालय होल्तारामा बिहान १० बजे देखि ४ बजे सम्म

आवश्यक कागजपत्रहरु
१. विभिन्न सीफारीसको लागी नेपाली नागरीकता प्रमाण पत्र तथा फोटोकपी,
२. घर जग्गा करको (मालापोत र सम्पत्ती कर) लागी जग्गाको लालपुर्जा र आ.व.२०७५/७६ मा राजश्व/कर तिरेको रसिद
३. व्यक्तीगत घटना (जन्म, मृत्यु, विवाह, बसाइसराइँ, सम्बन्ध विच्छेद) दर्ता सम्बन्धी कामको लागि आमा, बुवा र आफ्नो नागरीकता (नागरीकता भएमा), जन्म दता (भएमार्), बिवाह दर्ताको हकमा पति र पत्नीका दुई/दुई वटा पासपोर्ट साइजका फोटाहरु, बिवाह दर्ता प्रमाणपदत्र (भएमा)
४. सामाजिक सुरक्षाको भत्ताको निवेदन दिनको लागि नागरीकता, जन्मदर्ता, मृत्यु दर्ता, सम्बन्ध विच्छेदको कागज, अपाङ्गको परीचय पत्र र २ वटा सम्बन्धित व्यक्तीका पासपोर्ट साइजका फोटाहरु आबश्यक पर्ने छ ।

साथै आ व ७६/७७ को लागि रकम बिनियोजित भएका योजना टोल बिकास सस्था मार्फत कार्यान्वयन गरिने र मङसिर १५ गते सम्म योजनाको सम्झौता गरि सक्न निर्देशन दिएकाे  वडा अध्यक्ष नवीन ओली बताए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • कर्णाली राजमार्ग अवरुद्ध image

    कर्णाली राजमार्ग अवरुद्ध

    वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ । कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिका–३...

  • कर्णालीमा १७ सयभन्दा साना उद्योग दर्ता image

    कर्णालीमा १७ सयभन्दा साना उद्योग दर्ता

    सुर्खेत । ठुलो तथा मझौला खालका उद्योधन्दा नभएको कर्णालीमा एक वर्षको अवधिमा एक हजार ७ सय ६८ वटा साना उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष ०८०, ०८१ मा...

  • कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक image

    कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

    सूर्खेत । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले गरेका निर्णय सार्वजनिक गरिएका छन् । बैठकले विभिन्न १८ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए । बैठकले...

  • हिउँ जमेपछि कर्णाली राजमार्ग अवरुद्ध, सातमोडमा गाडी अलपत्र image

    हिउँ जमेपछि कर्णाली राजमार्ग अवरुद्ध, सातमोडमा गाडी अलपत्र

    मुगु । हिउँ जमेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबाहक बस सातमोडमा अलपत्र परेका छन् । सडकमा हिउँ र बरफ जमेका...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.