भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

म्याग्दीको बेनीबजार जोड्ने बेलिब्रिज चार महिनामै बन्यो

म्याग्दीको बेनीबजार जोड्ने बेलिब्रिज चार महिनामै बन्यो

पर्वत । कालीगण्डकी नदीमाथि निर्माण गरिएको पर्वतको जलजला गाउँपालिका र म्याग्दीको बेनीबजार जोड्ने बेलिब्रिज चार महिनामै बनेको छ। बेनीबजारसँग जोड्ने जलजला गाउँपालिका–२ र ३ मा पर्ने बगरफाँटको पुल चार महिनामै निर्माण भएको हो ।

दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित भएका बगरफाँटरवासी पुल निर्माण कार्य सम्पन्न भएसँगै उत्साहित भएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन विल्डर्स कम्पनी बेनीसँग पाँच महिनाभित्र योजना सम्पन्न गर्ने गरी एक करोड ६० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

कालीगण्डकी नदीले सडक कटान गरेपछि बगरफाँट बस्ती गएको दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित हुँदै आएको थियो । गएको फागुन अन्तिम हप्तादेखि निर्माण सुरु भएकामा कालीगण्डकीमाथि ५४ मिटर लामो हुने बेलिब्रिजको जडान वैशाख ५ गतेदेखि सुरु गरिएको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.