भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

म्याग्दीको बेनीबजार जोड्ने बेलिब्रिज चार महिनामै बन्यो

म्याग्दीको बेनीबजार जोड्ने बेलिब्रिज चार महिनामै बन्यो

पर्वत । कालीगण्डकी नदीमाथि निर्माण गरिएको पर्वतको जलजला गाउँपालिका र म्याग्दीको बेनीबजार जोड्ने बेलिब्रिज चार महिनामै बनेको छ। बेनीबजारसँग जोड्ने जलजला गाउँपालिका–२ र ३ मा पर्ने बगरफाँटको पुल चार महिनामै निर्माण भएको हो ।

दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित भएका बगरफाँटरवासी पुल निर्माण कार्य सम्पन्न भएसँगै उत्साहित भएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन विल्डर्स कम्पनी बेनीसँग पाँच महिनाभित्र योजना सम्पन्न गर्ने गरी एक करोड ६० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

कालीगण्डकी नदीले सडक कटान गरेपछि बगरफाँट बस्ती गएको दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित हुँदै आएको थियो । गएको फागुन अन्तिम हप्तादेखि निर्माण सुरु भएकामा कालीगण्डकीमाथि ५४ मिटर लामो हुने बेलिब्रिजको जडान वैशाख ५ गतेदेखि सुरु गरिएको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.