भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

युक्रेनमा क्षेप्यास्त्र वर्षा, ६१ वटा खसालिदिएको युक्रेनको दाबी

युक्रेनमा क्षेप्यास्त्र वर्षा, ६१ वटा खसालिदिएको युक्रेनको दाबी

किएभ । युक्रेनमा रुसले व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । पूर्वी क्षेत्रमा क्रेमलिनले प्रभाव जमाउने उद्देश्यका साथ हवाई हमला गरेको हो ।

रुसी सेनाले ७१ वटा क्रुज मिसाइल, ३५ एस(३०० मिसाइल र सात शाहेद ड्रोन प्रहार गरेको छ । आक्रमण भएको युक्रेनका सैन्य प्रमुख जनरल भ्यालेरी जालुज्नीले बताए ।

क्रेमलिनको सेनाले युक्रेनको औद्योगिक क्षेत्रलाई आक्रमणका निशाना बनाएको छ । विशेष गरी लुहान्स्क र डोनेस्क प्रान्तलाई उसले मुख्य लक्ष्य बनाएको छ ।

युक्रेनी ऊर्जा प्रणालीलाई नष्ट गर्न रुस लागिपरेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

यसैबीच, युक्रेनी वायुसेनाले आफ्नो प्रतिरक्षा प्रणालीले ७१ वटा रुसी क्षेप्यास्त्रमध्ये ६१ वटा खसालेको दाबी गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.