भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

भक्तपुर अस्पतालमा विशिष्ट सेवा प्रवाह

भक्तपुर अस्पतालमा विशिष्ट सेवा प्रवाह

भक्तपुर । भक्तपुर असपतालले सेवाग्राहीलाई थप विशिष्ट सेवा दिने भएको छ । प्यालिएटिभ तथा ज्येष्ठ नागरिक वार्ड स्थापना गरेर यो सेवा दिन लागिएको अस्पताल प्रशासनले जनाएको छ ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठलाई उद्घाटन गरिदिनका लागि निम्तासमेत दिइसकिएको भक्तपुर अस्पतालका कर्मचारी बताउँछन् । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको नसर्ने रोग पहिचानका लागि परीक्षण, परामर्श र व्यवस्थापनअन्तर्गत उक्त वार्ड संचालन गरिदैछ ।

प्यालिएटिभ केयर तथा ज्येष्ठ नागरिक वार्डमा विपन्न नागरिक र लोपोन्मुख समुदायलाई स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने वताइएको छ । भक्तपुर अस्पताल विशिष्टकृष्त सामुदायिक अस्पतालको रुपमा रहेको छ ।

डाक्टर र चिकित्सकको असल व्यवहारले बिरामीको आधा रोग निको हुने र आत्मबल बढ्ने गरेको सेवाग्राहीले बताएका छन् । तर सबै रोगको सहज र छिटो छरितो उपचार गर्न अस्पतालमा अझैं जनशक्तिको भने अभाव देखिएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.